शनिबार, भदौ ६, २०८३

प्रदेश नीति तथा योजना आयोगमा २ सदस्यको नियुक्ति 

प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिलासहित दुई सदस्यको नियुक्ति गरेको छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

जनकपुरधाम- प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिलासहित दुई सदस्यको नियुक्ति गरेको छ।

लगभग २ वर्षदेखि उपाध्यक्ष भोगेन्द्र झाले एक्लै नेतृत्व गरिरहेको नीति तथा योजना आयोगमा प्रदेश सरकारले २ जना सदस्य नियुक्त गरेको हो।

सदस्य नियुक्त हुनेहरुमा सिरहा मिर्चैया नगरपालिका वडा नम्बर २ का डा. बैद्यनाथ महतो र धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ की प्रमिला कुमारी सिंह छन्। नव नियुक्त दुवै सदस्यहरुलाई मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार नियुक्ति पत्र हस्तान्तरण गरेका छन्। 

यसअघि प्रदेश सरकारले २०७६ साल भदौ महिनामा तत्कालीन उपाध्यक्ष डा. हरिवंश झालगायत प्रदेश नीति तथा योजना आयोगका सदस्यहरुलाई पदबाट हटाएको थियो।

सोही वर्ष प्रदेश सरकारले भदौ २२ गते प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई उपाध्यक्षमा नियुक्त गरे पनि सदस्यहरुको नियुक्ति भने गर्न सकेको थिएन।

प्रकाशित: Jul 02, 2021| 13:45 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।