शनिबार, भदौ ६, २०८३

लोक सेवा आयोगले जारी गर्‍यो १०० दिने कार्ययोजना 

लोक सेवा आयोगले आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गरेको छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- लोक सेवा आयोगले आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गरेको छ।

आयोगले विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगको केन्द्रीय कार्यालय स्थानान्तरण गर्नेदेखि आयोगको बेरुजलाई शून्यमा झार्नेसम्मका योजनामा सार्वजनिक गरेको हो।

आयोगमा पदाधिकारी नियुक्ति भएलगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने, नयाँ परीक्षाको मिति तय गर्ने र नतिजा प्रकाशनलाई अगाडि बढाउने गरी कार्यातालिका बनाएको छ।

कार्ययोजनाअनुसार अघि बढ्दै आयोगका कार्यतालिकालाई अघि बढाइने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए। उनले भने ,‘आयोग अब आफ्नो गतिमा कार्ययोजनाअनुसार अघि बढ्छ।’

आयोगले परीक्षाका कार्यक्रम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भौतिक रुपमै सञ्चालन गर्ने तयारी गरेको छ।

No description available.

प्रकाशित: Jul 02, 2021| 13:20 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।