सोमबार, असार २९, २०८३

नेकपाको स्थायी समिति शक्तिशाली, सचिवालय निरिह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति सबैभन्दा शक्तिशाली हुने भएको छ। शीर्ष नेताहरू मात्र रहेको सचिवालय भने स्थायी समितिसामु निरिह देखिने भएको छ। 

पार्टीको नयाँ विधानमा स्थायी समितिलाई राजनीतिक निर्णय गर्ने निकायका रूपमा प्रस्ताव गरिएको छ। सचिवालयलाई बढी प्रशासनिक बनाउने गरी विधान मस्यौदा तयार गरिएको हो। स्रोतका अनुसार सचिवालयले स्थायी समितिको बैठकको एजेन्डाको तयारी, केन्द्रीय कार्यालय सञ्चालन, तल्ला कमिटीका प्रतिवेदन बुझ्ने र पार्टी निर्णयका सर्कुलर कार्यान्वयन गर्ने अधिकार दिइने भएको छ। स्थायी समितिलाई सबै विषयमा निर्णय गर्ने अधिकार दिइएको छ। 

पार्टीको नौ सदस्यीय सचिवालय छ भने स्थायी समितिमा ४५ सदस्य छन्। शीर्ष नेता रहेर पनि सचिवालयलाई भने बढी अधिकार दिइएको छैन। सचिवालयलाई पूर्वएमालेको ढाँचामा अगाडि बढाइएको छ। हाल सचिलायमा अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल,  रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र विष्णु पौडेल छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।