शनिबार, भदौ ६, २०८३

क्यानडा पठाइदिन्छु भनेर डेढ करोड ठग्ने समातिए

क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट करिब डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं– क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट करिब डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काभ्रे पाँचखाल नगरपालिका– ४ तामाघाट घर भई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

सर्लाही लालबन्दी नगरपालिका ७, रानीगञ्जका यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाइदिने भनेर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान  कार्यालयले अधिकारीलाई पक्राउ गरेको हो।

अधिकारीले राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै झुक्याएर १७ लाख रुपैयाँ लिई सम्पर्कबिहिन भएको भन्दै बस्नेतले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडालगायतका मुलुकमा पठाइदिन्छु भनेर करिब डेढ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। अधिकारीबाट कोही पीडित भएमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ। 

प्रकाशित: Jul 02, 2021| 11:55 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।