काठमाठौं– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकोे आन्दोलनका माग सम्बोधन नभएको भन्दै नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ।
संघका महासचिव बद्री रिजालले विज्ञप्ति जारी गर्दै १८ दिनदेखिको आन्दोलन सरकार र सरोकारवाला निकायबाट सम्बोधन नभएको भन्दै तत्काल सम्बोधन गर्न माग गरिएको छ।
प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले उठाएका जायज मागलाई सम्बोधन गरी शान्तिपूर्ण वातावरणमा सेवा प्रवाहलाई निरन्तरता दिने वातावरण सिर्जना गर्न संघको माग छ।
बीपी प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु विभिन्न माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेका छन्। सरकारले अबिलम्ब वार्ता टोली घोषणा गरी संवादको वातवरण तयार गर्न संघले माग गरेको छ।