बुटवल- लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन्। जनता समाजवादी पार्टीकी सांसद सुमनले मुख्यमन्त्री शंकर पोखरेललाई राजीननमा बुझाएकी हुन्।
पार्टीले सरकारलाई समर्थन नगरेका कारण आफूले राजीनामा दिएको उनको भनाइ छ। सुमनसहित जसपाका ४ सांसदले समर्थन गरेका कारण लुम्बिनीमा पोखरेलको सरकार टिकेको थियो।
सुमनको राजीनामासँगै मुख्यमन्त्री पोखरेललाई सरकार टिकाउन सकस गर्ने देखिएको छ। विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन्।
