काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर बैठकमा सहभागी हुन आग्रह गर्दा पनि सकारात्मक रुपमा नलिएको गुनासो गरेका छन्।
जारी केन्द्रीय कमिटीको बैठकमा उनले भने,‘हिजो मैले माधव नेपाललाई फोन गरेर बैठकमा आउनुस् भनेँ। तर, उल्टै तपाईंको फोन उठाउने मन त थिएन। साथीहरुले कुरा गर्नुस् न त भनेपछि उठाएको हुँ भन्नुभयो।’
ओलीले सम्बोधनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु अपराध भएको बताएका छन्।
आजको बैठकमा नेता नेपालका गतिविधिप्रति ओली कडा रुपमा प्रस्तुत भएका थिए। ‘कांग्रेसको नेतृत्वमा कम्युनिष्ट बलियो बनाउने, प्रचण्डको नेतृत्वमा लोकतन्त्र बलियो बनाउने! देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गलत थियो भनेर स्वीकार्नु पर्यो नि,’ उनले भने।