शनिबार, भदौ ६, २०८३

महानगरले चित्र मेटाएको ठाउँमा नेविसंघको नारा

काठमाडौं महानगरपालिकाले रत्नपार्कको आकाशे पुलमुनि भित्तामा बनाइएको भित्ते चित्र मेटाएपछि नेपाल विद्यार्थी संघले महानगरको विरोधमा नारा लेखेको छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं महानगरपालिकाले रत्नपार्कको आकाशे पुलमुनि भित्तामा बनाइएको भित्ते चित्र मेटाएपछि नेपाल विद्यार्थी संघले महानगरको विरोधमा नारा लेखेको छ।

संघले काठमाडौं महानगरपालिका र नगर प्रमुख विद्यासुन्दर शाक्यको विरोधमा नारा लेखेको हो। अहिले त्यहाँ ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं  महानगरपालिका मुर्दावाद’ लेखिएको छ।

कोरोना महामारीको समयमा अग्रपंंक्तिमा खटिएकाको सम्मानमा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको थियो। डुजाङ शेर्पासहित ४ जना कलाकार र ३ जना स्वयंसेवकले ६ दिन लगाएर जेठ ३० मा चित्र निर्माण सम्पन्न गरेका थिए।

सो चित्रकलालाई महानगरले बुधबार मेटाएको थियो। महानगरसँग अनुमति नलिएको भन्दै महानगरपालिकाले चित्र मेटाएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताएका थिए। तर सो स्थान पर्ने वडा नम्बर २८ ले भने चित्र बनाउनका लागि अनुमति दिएको थियो।

प्रकाशित: Jul 02, 2021| 08:42 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।