काठमाडौं– सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट पक्षका तीनजना नेताहरुबीच बालुवाटारमा छलफल भएको छ।
ओली पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठक सुरु हुुनुपूर्व एमाले अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरु भीम आचार्य, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका हुन्।
नेता भीम आचार्यले आफूहरु र पार्टी अध्यक्षबीच भेटवार्ता भएको जानकारी दिए। ‘आज हामी बालुवाटार गएर उहाँसँग भेटवार्ता गरेर बैठक अघि नबढाउन आग्रह गरेका छौं,’उनले भने,‘कुराकानी गरेर एकीकृत भएर बैठक बसौं भनेका हौं ।’
प्रधानमन्त्रीले धेरै प्रतिक्रिया भने नदिएको बताइएको छ। ‘पार्टी फुटाएर जान कोही पनि चाहिरहेको छैन। त्यसले सबैलाई बिगार्ने नै हो,’नेता आचार्यले भने, ‘उहाँहरुले आजको बैठक राखे पनि निर्णय केही गर्न सक्नुहुन्न।’