शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीपी प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई तत्काल बर्खास्त गर : डा. केसी

बीपी प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई तत्काल बर्खास्त गर : डा. केसी

डा. गोविन्द केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्। 
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं– डा. गोविन्द केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्। 

शुक्रबार विज्ञप्ति जारी गरी केसीले उपकुलपति ज्ञानेन्द्र गिरीसहित शीर्ष नेतृत्वमा रहेका रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकलाई बर्खास्त गर्न माग गरेका हुन्। 

उनीहरूले अस्पताललाई बर्बादीतर्फ धकेलेको र चिकित्सक, विद्यार्थी र नर्सहरू आन्दोलित बनेको विज्ञप्तिमा केसीले उल्लेख गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन्। त्यसैले उनीहरूले तत्काल पद खाली गर्नुपर्छ र पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार दलीय बफादारिता नभई वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्छ।’

पूर्वी नेपालको स्वास्थ्य सेवा तथा देशकै मेडिकल शिक्षाको धरोहरका रूपमा स्थापना भएको प्रतिष्ठान अहिले धरासायी हुने अवस्थामा रहेको केसीले बताएका छन्। प्रतिष्ठान सुधारका लागि अहिले बीपीका चिकित्सक, विद्यार्थी र र कर्मचारीहरू आन्दोलनमा छन्।

प्रकाशित: Jul 02, 2021| 07:04 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।