शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीपी प्रतिष्ठानका पदाधिकारीले पदमा रहने नैतिकता गुमाइसके : डा. गोविन्द केसी

बीपी प्रतिष्ठानका पदाधिकारीले पदमा रहने नैतिकता गुमाइसके : डा. गोविन्द केसी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न बरिष्ठ चिकित्सक गोविन्द केसीले माग गरेका छन्।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न बरिष्ठ चिकित्सक गोविन्द केसीले माग गरेका छन्। अस्पताल उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल, रजिस्ट्रार मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक गौरी शाहलाई बर्खास्त गर्न डा. केसीको माग छ। 

बीपी प्रष्तिठानमा अनियमीतता भएको भन्दै शीर्ष पदाधिकारीविरुद्ध चिकित्सकहरूले पछिल्लो १८ दिनदेखि आन्दोलन गरिरहेका छन्। डा. केसीले एक विज्ञप्ती जारी गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले धराशायी हुने अवस्थामा रहेको बताए।

नेपालको झण्डै एक चौथाई जनसंख्याका लागि विशिष्ट तहसम्मको स्वास्थ्य सेवा दिने भनेर बनेको संस्थालाई धरासायी बनाएको भन्दै उनले आक्रोस पोखेका हुन्। 

बीपी प्रतिष्ठानका पदाधिकारीले  संस्थालाई  बर्बादीतिर धकेलिरहेको उनको विज्ञप्तीमा उल्लेख छ। डा. केसीले चारैजना शीर्ष पदाधिकारीले पदमा एक मिनेट पनि रहने नैतिकता गुमाएको बताएका छन्। 

विज्ञप्तीमा भनिएको छ, ‘बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन्। त्यसैले उनीहरूले तत्काल पद खाली गर्नुपर्छ र पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार दलीय वफादारिता नभई वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्छ।’

डा. केसील्ले दलिय वफादारिता नभई बरिष्ठता, इमान्दारी र योग्यताका आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्ने बताए।

अहिले बीपी प्रतिष्ठानलाई डुबाएर आफ्ना कार्यकर्ताको अस्पताललाई अवैध रुपमा मेडिकल कलेजको सम्बन्धन दिन प्रधानमन्त्री ओलीले निरन्तर नाजायज दबाब दिइरहेको विज्ञप्तीमा उल्लेख छ। 

अर्कोतिर चिकित्सा शिक्षा ऐन अनुसार वि.सं. २०८० सम्ममा सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खुल्नुपर्नेमा माफियाहरूको स्वार्थमा ओलीले त्यसलाई रोकेर राखेको आरोप लगाएका छन्। 

बीपी प्रतिष्ठान बचाउन उचित कदम नचालेमा तथा असंवैधानिक संसद विघटन नसच्याइएमा सत्याग्रहसहित आन्दोलनका कडा कार्यक्रमहरू ल्याउने उनको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: Jul 02, 2021| 06:32 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।