काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइअन्तर्गत आजको बहस सुरु भएको छ। आजको बहस प्रधानमन्त्रीका निजी कानुन व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाइँले बहस सुरु गरेका छन्।
आज प्रधानमन्त्रीका तर्फबाट निजी कानुन व्यवसायीहरूको बहस सकिने छ। र, आजै सभामुखको तर्फबाट पनि बहस सुरु हुने बताइएको छ।