बुधबार, चैत ११, २०८२

रोनाल्डोको गति मोरक्कोले रोक्ला ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो खेलमा पोर्चुगलविरुद्ध मोरक्को मैदानमा उत्रिदैछ । नेपाली समयअनुसार बेलुकी ५:४५ बजे हुने खेलमा दुबै टोली जितको खोजीमा हुनेछन् । 

नकआउट चरण प्रवेश गर्नका लागि यी दुबै देशलाई जित्नै पर्ने छ । यसअघि समूह चरणको पहिलो खेलमा पोर्चुगल स्पेनसंग ३-३ को बाराबरीमा रोकिएको थियो भने मोरक्को इरानसँग १-० गोलले पराजित भएको थियो ।

पोर्चुगल र मोरक्कोबीच एकपटक सन् १९८६ को विश्वकमा पटक भेट भएको छ ।  उक्त खेलमा पोर्चुग विजयी भएको थियो । मोरक्कोलाई ३२ बर्षपछि बदला लिने अबसर मिलेको छ । 

पोर्चुगल

पोर्चुगलले सन् १९९६ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । अहिलेसम्म फाइनलमा पुग्न नसकेको पोर्चुगल यसपटक विश्वकपमा बलियो दावेदार राष्ट्रको रुपमा उदाएको छ ।  

पोर्चुगलले सन् २०१६ मा युरोकपको उपाधि चुमिसकेको  छ । उसकाला गि यसपटक कप्तान क्रिस्टियानो रोनाल्डो निकै लयमा देखिएका छन् । उनले रसिया विश्वकपको पहिलो खेलमा स्पेनविरुद्ध ३ गोल गर्दै आफूलाई अब्बल प्रमाणित गरेका छन् ।

विश्वकपका लागि पोर्चुगलको टिम

गोलकिपर्स : एन्टोनी लुपेस, बेटो, रुइ प्याट्रिको ।

डिफेन्डर्स : ब्रुनो आल्भज, के्रड्रिरिक सोर्स, जोसे फोनटे, मारियो रुई, पेपे, राफेल गोरिरो रिचार्डो पेरेरिया, रुबेन डिएस ।

मिडफिल्डर : एन्ड्रिरेन सिल्भा, ब्रुनो फरनानडेज, जोओ मारियो, जोओ माउन्टिनोे, म्यानुयल फर्नान्डेज, विलियम कल्भाहो ।

फर्वाडर्स : बर्माडो सिल्भा, क्रिस्टियानो रोनाल्डो, जेलसन मार्टिन, गोनकालो ग्युएडस्, रिमार्डो क्वारेस्मा । 

मोरोक्को

फिफा ¥याङकिङमा ४१ औँ स्थानमा रहेको मोरोक्को सन् १९८६ मा राउन्ड १६ सम्मको चरणमा पुगेको छ । 

यसपटक उसलाई नकआउट चरणमा पुग्न ठूलै संघर्ष गर्नुपर्ने देखिएको छ । मोरक्कोका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो ‘टाउको दुखाइ’  बनेका छन् । स्पेनविरुद्ध ह्याट्रिक गोलसमेत गरेका रोनाल्डो उच्च लयमा रहेका छन् ।
 
जर्मनी, अर्जेन्टिना र ब्राजिलजस्ता फुटबलका हस्तीहरू बारबारीमा रोकिने र हार सहन बाध्य हुनु पर्ने खालका नतिजाहरु आइरहेका बेला मोरक्कोले पनि पोर्चुगललाई रोक्न सकछ की सक्दैन् त्यो हेर्न बाँकी नै छ । 

मोरोक्कोका खेलाडी

गोलकिपर्स : मोनिर एल काजोयू, यासिनो बोउनोउ, अहमद रेदा, ताग्नाओयटी ।

डिफेन्डर्स : मेहेदी बेनाटिया, रोमेन सिस्स, म्यानुयल डि कोस्टा, नविल डिरेर, आरार्फ हाकिमी, हाम्जा मेन्डिल ।

मिडफिल्डर्स : मसबार्ख बाओसुफ, करिम एल अहमाडी, युसेफ अति बेनासेसर, सोफयान अम्रराबत, युनेस बेलहान्डा, फेरेकल फजिर, अमानी हारित ।

फवाडर्स : खालिद बाउटाबी, अजिज बोहादोजज, आयुव एल कावी, नोर्डिन अम्रबार्ट, मेहेदी कार्रकेला, हाकिम जियाच, यूसेफ एन नेयस्री

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।