बुधबार, चैत ११, २०८२

१७ वर्षयता विश्वकप हेर्न भ्याएका छैनन् महावीर पुनले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं– विश्वलाई नै विश्वकपको नसा लागेको छ । सामाजिक अभियन्ता महावीर पुनलाई भने यसले छोएकोसम्म छैन । 

उनी बस्छन्, वागबजारको साँघुरो गल्लीभित्रको होटेलको एक कोठा भाडामा लिएर । कोठामा उनले टीभी जोडेका छैनन् । बाहिरी दुनियाँसँग टाढै बसेजस्तै उनी चुपचाप आफ्नो अभियानमा निरन्तर लागेका छन् । 

होटेलकै अन्य कोठामा खेलप्रेमीहरू विश्वकपमा रमाएका हुन्छन् । छिमेकी घरमा पनि विश्वकपकै रौनक हुन्छ । पुनलाई भने टीभीमा आफ्नै अन्तरवार्ता हेर्ने पनि फुर्सद छैन । 

चितवन छँदा स्कुले जीवनमा फुटबल खुबै खेलेका हुन्, उनले पनि । पुन भन्छन्, ‘चासोको विषय आफ्नै अभियान हो । त्यसैले ध्यान तानेकाले खेल हेर्ने पनि समय पुग्दो रहेनछ ।’

उनले हालसम्मको अन्तिम विश्वकप हेरेको समय सम्झिए । त्यतिबेला उनकी छोरी दुई वर्षकी थिइन्, जो अहिले १९ वर्षकी भइन् । अर्थात्, १७ वर्षदेखि उनलाई विश्वकपको ज्वरोले छोएकोसम्म छैन । 

अमेरिकामा पढाइको सिलसिलामा रहँदा टीभी हेर्थे र त्यसमा आउने खेल पनि । सन् १९९२ मा स्वदेश फर्किएपछि टीभी हेर्ने बानी नै हराउँदै गयो । आफ्नै अभियानमा व्यस्त रहे, टीभीको स्क्रिनबाट भने टाढा । 

उनी खेललाई प्रतिस्पर्धाका आधारमा हेर्न रुचाउँछन् । ‘खेलाडीले मैदानमा राम्रै खेल्ने कोशिस गर्छन् । तर, खेल टिमले नेतृत्व गर्ने हो,’ उनी भन्छन्, ‘खेलमा राम्रै खेलाडी पनि चुक्छन् तर अनुशासित भएर खेल्दै गोल हान्ने खेलाडी सधैं वाचमा रहन्छ ।’ 

बजारमा युवा–युवतीले लगाएको टी–सर्टले फेसनको झल्को दिने बताउँछन् । खेललाई समर्थन गर्न टी–सर्ट नै आवश्यक देख्दैनन् । भन्छन्, ‘राम्रो खेलाडीलाई समर्थन गर्नु राम्रै हो ।’

खेल प्रेमीलाई हौसला दिने दर्शक बढिरहे पनि राज्यप्रति महावीरको गुनासो  छ । उनी भन्छन्, ‘राज्यले अझै फुटबल बुझ्न सकेको छैन ।’ 

खेलमा खेलाडीले प्रदर्शन गर्ने स्वभाव (एटिच्युट)ले उनीहरूको देशको सभ्यताको झल्को दिने महावीरको ठम्याइ छ । भन्छन्, ‘फुटबल खेलले राष्ट्रको सभ्यता पनि झल्काउँछ ।’ 

विश्वकपले खेल मात्र नभई सम्बन्धित देश कहाँ छ र कस्तो अवस्थामा छ भन्ने पनि देखाउने पुनको धारणा छ । उनी भन्छन्, ‘खेलाडीले सम्बन्धित देशको नेतृत्व गर्ने हो, जसका कारण देशप्रतिको धारणा बन्छ दर्शकमा ।’

वायरलेस प्रविधिद्वारा देशको ग्रामीण भेगमा सूचना प्रवाह गर्ने लक्ष्यका साथ उनी निरन्तर लागेका छन्, गाउँ बनाउन । नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत् गाउँ–गाउँमा इन्टरनेट सञ्जाल विस्तार गर्न सफल छन् उनी । 

पछिल्लो समयमा उनको व्यस्तता राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको सपना पूरा गर्ने काममा बढेको छ । तर, यसपटक व्यवस्थित ठाउँ पाएमा उनी विश्वकपको फाइनल खेल हेर्न उत्सुक छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।