शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले भन्यो- फ्रन्टलाइनरको सम्मानमा कोरिएको चित्र नष्ट गर्नु निन्दनीय

कांग्रेसले भन्यो- फ्रन्टलाइनरको सम्मानमा कोरिएको चित्र नष्ट गर्नु निन्दनीय

नेपाली कांग्रेसले कोरोना महामारीमा फ्रन्टलाइनमा संघर्षरत ‘फ्रन्टलाइनर’ को सम्मानमा बनाइएको चित्र नष्ट गरिएकोमा आपत्ति प्रकट गरेको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसले कोरोना महामारीमा फ्रन्टलाइनमा संघर्षरत ‘फ्रन्टलाइनर’ को सम्मानमा बनाइएको चित्र नष्ट गरिएकोमा आपत्ति प्रकट गरेको छ।

स्थानीय सरकारसँग अनुमति लिएर बनाइएको चित्र काठमाडौं महानगरपालिकाले नष्ट गरेको प्रति कांग्रेसले आपत्ति जनाएको हो। उसले यो व्यवहारलाई कला र कलाकारको अपमानको संज्ञा दिँदै निन्दनीय व्यवहार भनेको छ। ‘महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सह्राना गरिनुपर्दछ । त्यसविपरीतको व्यवहार निन्दनीय हुन्छ।’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठलगायतले फ्रन्टलाइनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र दुई साताअघि काठमाडौको एक पर्खालमा निर्माण गरेका थिए।

युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको कांग्रेसको ठहर छ।

‘अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ। तर लिखित अनुमति लिएर, फ्रन्टलाइनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको व्यवहार किमार्थ हुन सक्दैन।’ विज्ञप्तिमा भनिएको छ।

प्रवक्ता शर्माले प्रश्न गरेका छन्, ‘काठमाडौका अनेक स्थानमा थुप्रिएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो तर के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो? यस्तो आवेगयुक्त र अपमानजनक व्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ?’
फ्रन्टलाइनरको सम्मानमा कोरिएको चित्र काठमाडौं महानगरले नष्ट गरेपछि अहिले यसको सर्वत्र आलोचना भएको छ।

प्रकाशित: Jul 01, 2021| 11:11 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।