काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयको तथ्यांकअनुसार यो अवधिमा ३३ जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ७ हजार १३० जनाको पीसीआर र ३ हजार ८५५ जनाको एन्टिजेन परीक्षणमा २ हजार ७६० जनाको नतिजा पोजेटिभ आएको हो।
मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १४५ पुगेको छ।