बुधबार, फागुन २७, २०८२

बंगलादेशमा कडा लकडाउन, सडकमा सैनिक परिचालन

कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिन थालेपछि बंगलादेशमा कडा लकडाउन गरिएको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिन थालेपछि बंगलादेशमा कडा लकडाउन गरिएको छ।

National life

लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सरकारले सडकमा सेना र प्रहरी परिचालन गरेको छ। अत्यावश्यक काम र वस्तु खरिदका लागि बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्किन सरकारले आदेश दिएको छ।

बिहीबार सुरु भएको लकडाउन कडा बनाउन सेना र प्रहरीले सहरभरि पेट्रोलिङ गरिरहेको अधिकारीहरुले जनाएका छन्। सरकारले एक हप्ताका लागि कडा लकडाउन घोषणा गरेको हो।

‘सात दिनसम्म कसैलाई पनि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन अनुमति छैन’ सरकारले जारी गरेको सूचनामा भनिएको छ।

ढाकाका प्रहरी प्रमुखले घरबाट अत्यावश्यक कामबाहेक बाहिर निस्किएको पाइए गिरफ्तार गरिने र जरिवाना तिराइने बताएका छन्। प्रहरी प्रमुख शाफिकल इस्लामले दैनिक ५ हजारभन्दा बढी संक्रमितहरु भेटिन थालेपछि लकडाउन थप कडाउनुपर्ने अवस्था आउने बताएका छन्।

Laxmi sunrise bank
kumari

कडा लकडाउनपछि राजधानी ढाकाका सडकहरु खाली देखिएका छन्। बंगलादेशमा कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमण तीव्र रुपमा बढिरहेको अधिकारीहरुले जनाएका छन्। दक्षिण एसियाका झण्डै १६ करोड ८० लाख मानिस डेल्टा भेरियन्टको जोखिममा रहेको जनाइएको छ।

प्रकाशित: Jul 01, 2021| 09:37 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।