काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवास पुगेका हुन्।
करिब डेढ घण्टादेखि भेटवार्ता जारी रहेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र सरकारले केही अध्यादेश ल्याउन लागेको चर्चा भइरहेका बेला प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।