बुधबार, चैत ११, २०८२

विश्वकपमा तीन खेल हुँदै : पोर्चुगल र स्पेनले मार्लान बाजी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार (आज) पनि ६ देशबीच भिडन्त हुँदैछ ।

पहिलो चरणको खेल सकेर दोस्रो चरणको खेल सुरु भएको विश्वकपमा आज समुह ए को एउटा र समुह बी को दुईवटा गरि ३ खेल हुनेछन् ।  

आज हुने पहिलो खेलमा समूह ‘बी’को दोस्रो चरणअन्तर्गत पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल नेपाली समयअनुसार साझ पौने ६ बजेदेखि मस्कोको लुझ्निकी रंगशालामा हुनेछ ।

समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग ३–३ गोको बराबरी खेल्दा मोरक्को इरानसँग १–० गेलले पराजित भएको थियो ।

यसैगरी आजै हुने दोस्रो खेलमा समुह ए मा रहेका उरुग्वे र साउदी अरबिया भिड्दैछन् । नेपाली समयअनुसार बेलुका पौने ९ बजे हुने खेलमा दुबै टोली जितको खेजीमा हुनेछन् ।  

पहिलो खेलमा इजिप्टलाई हराएको उरुग्वे आज साउदी अरबियालाई जित्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ ।

पहिलो खेलमा साउदी अरबिया रुससँग ५–० गोल अन्तरले पराजित भएको थियो ।  साउदी अरबियालाई अघिल्लो चरण प्रवेश गर्नका लागि आजको खेल जित्नै पर्नेछ ।  

यस्तै आजै हुने तेस्रो तथा अन्तिम खेलमा स्पेनविरुद्ध इरान मैदानमा उत्रिदैछ । काजान एरिनामा रङ्गशालामा हुने खेल नेपाली समयअनुसारराति पौने १२ बजे सुरु हुनेछ । नकआउट चरण प्रवेशका लागि स्पेनलाई आजको खेल जित्नै पर्ने दबाब छ । 

स्पेनले आफ्नो पहिलो खेलमा पोर्चुगलसंग बराबरी खेलेको थियो । इरानले भने मोरक्कोलाई १–० गोलअन्तरले पराजित गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।