शुक्रबार, साउन ८, २०८३

क्यानडामा अचाक्ली गर्मी, कम्तीमा ६० को मृत्यु

क्यानडाको दक्षिणी प्यासिफिक क्षेत्रमा गर्मी अचाक्ली बढेको छ। अत्यधिक गर्मीकै कारण त्यहाँ ६० जनाको मृत्यु भइसकेको बताइएको छ। ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिक धेरै छन्। 
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं– क्यानडाको दक्षिणी प्यासिफिक क्षेत्रमा गर्मी अचाक्ली बढेको छ। अत्यधिक गर्मीकै कारण त्यहाँ ६० जनाको मृत्यु भइसकेको बताइएको छ। ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिक धेरै छन्। 

केही ठाउँमा तापक्रम ४९.९ डिग्री सेल्सियससम्म पुगेको छ। गर्मी बढ्दै गएकाले जनजीवन प्रभावित भएको छ। घरबाट बाहिर निस्किन नसक्ने अवस्था छ।

बढ्दो तापक्रमबारे क्यानडाको वातावरण सम्बन्धी निकायले ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ। त्यसबाहेकका उत्तरपश्चिमी भू–भागलाई पनि सचेत रहन भनिएको छ।

प्रकाशित: Jun 30, 2021| 03:26 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।