काठमाडौं- इजिप्टलाई पराजित गर्दै आयोजक रुस विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणनजिक पुगेको छ । मंगलबार राती भएको खेलमा इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गर्दै रुस विश्वकपको प्रिक्वाटरफाइनलमा नजिक पुगेको हो ।
सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा रुसका लागि डेनिस चेरिसेभ र अर्टेम जेबाले १–१ गोल गरे । रुसले अग्रता भने इजिप्टका अहमेद फाथीको आत्मघाती गोलबाट लिएको थियो । इजिप्टका लागि मोहमद सलाहले पेनाल्टीमा सान्त्वना गोल फर्काए ।
रुसले पहिलो खेलमा साउदी अरबलाई ५–० गोलअन्तरले पराजित गरेको थियो । समूह एमा रहेको रुसले लगातार दोस्रो जित हात पारेसंगै ६ अंक जोको छ । दोस्रो स्थानको उरुग्वेले ३ अंक छ । उरुग्वे बुधबार साउदी अरेयिबासंग भिड्दैछ ।
समुह ए मा रहेका इजिप्ट र साउदी अरेबिया अंकविहीन छन् । लगातार दुई खेलमा पराजित भएको इजिप्टको भने समूह चरणबाटै बाहिरिने सम्भावना प्रवल रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४