शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • त्यो 'क्लु' जसले चोरीको कार हुँदै नक्कली कागजात बनाउने कारखानासम्म पुर्‍यायो

त्यो 'क्लु' जसले चोरीको कार हुँदै नक्कली कागजात बनाउने कारखानासम्म पुर्‍यायो

‘सबैभन्दा डरलाग्दो पक्ष त नक्कली कागजात बनाउने गिरोह नै रहेछ। हामीले पक्राउ गरेका गिरोहको घरबाट विभिन्न कार्यालयका १ सय ९२ वटा स्ट्याम्प भेटिएको छ। प्रहरी कार्यालयकै स्ट्याम्प पनि थियो।'
 |  मंगलबार, असार १५, २०७८

अनिल यादव

अनिल यादव

मंगलबार, असार १५, २०७८

काठमाडाैं– भारतबाट भन्सार छलेर ल्याइने चोरीका गाडी नेपालमा नक्कली ब्लु बुकको सहारामा खुलेआम गुड्ने गरेको पाइएको छ। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार यस्तै कार्यमा संलग्न चारजनालाई कारसहित नियन्त्रणमा लिएपछि यो यथार्थ बाहिर आएकाे हो।

triton college

‘भारतबाट कार ल्याएर बेच्नेदेखि नक्कली कागजात बनाउनेसम्मको यहाँ तह–तह रहेछ,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले भने, ‘सबैभन्दा डरलाग्दो पक्ष त नक्कली कागजात बनाउने गिरोह नै रहेछ। हामीले पक्राउ गरेका गिरोहको घरबाट विभिन्न कार्यालयका १ सय ९२ वटा स्ट्याम्प भेटिएको छ। प्रहरी कार्यालयकै स्ट्याम्प पनि थियो। नागरिकता, लाइसेन्स, ब्लुबुक, पासपोर्ट, विश्वविद्यालयका सर्टिफिकेट लगायत जस्तोसुकै कागजात उनी सक्कल देखिने गरी बनाइदिँदा रहेछन्। अब आफैं अनुमान गर्नुस्, नक्कली कागजातका भरमा कतिको धन्दा यहाँ चलिरहेको होला!’

यस्तो छ विस्तृत कथा...

केही दिनअघि एक व्यक्ति आफूले किन्न लागेको कारमा गडबड महसुस भएपछि न्यायका लागि महानगरीय अपराध महाशाखाको ढोका ढकढकाउन पुगे। कारका लागि उनले केही रकम अग्रिम भुक्तानीसमेत गरिसकेका थिए। तर, जब पूरै भुक्तानी गर्ने बेला आयो, सस्तोमा पाउन लागेको कार कतै चोरीको हो कि भन्ने आशंका उनमा बढ्यो।  

उनी कार नकिन्ने ‘मुड’मा पुगे। तर, अग्रिम बुझाएको रकम फिर्ता पाउने सम्भावना देखेनन्। त्यसपछि फसेको रकम उठाउन प्रहरीको सहारा लिन महाशाखा पुगे। तिनै व्यक्तिको सूचनाका आधारमा प्रहरीले कारबारे अनुसन्धान थाल्यो। चोरीको हो या होइन, प्रमाणित गर्न प्रहरी यातायात कार्यालय पुग्यो। अनुसन्धानका क्रममा थाहा भयो, कार त भारतबाट चोरी गरी भन्सार छलेर ल्याइएको रहेछ।

corrent noodles
Metro Mart

त्यसपछि महाशाखाको टोली कार पीडितकै सूचनाका आधारमा एकैपटक दुइवटा ‘कार’ को खोजीमा लाग्यो। प्रहरीले ग ३. च १४६२ र प्रदेश ३–०१ ०२४ च ०२५३ नम्बर प्लेट भएका कारको खोजी गरिरहेको थियो। खोज्दै जाँदा सोमबार दिउँसो गोपीकृष्ण हलअगाडि १४६२ नम्बर प्लेटको गाडी फेला पर्‍याे। हुन्डाई कम्पनीको सिल्भर रङको क्रेटा कार रहेछ। लमजुङ सुन्दर बजार घर भई काठमाडौं सामाखुसी बस्दै आएका आफूलाई कमलबाबु पुरी बताउने कमलबाबु भट्टले यो कार चलाइरहेका थिए। 

त्यसपछि प्रहरीले भट्टसँग ब्लुबुक (सवारी दर्ता किताब) माग्यो। भट्टले ब्लु बुक देखाए। त्यो कमलबाबु पुरीको नाममा थियो। कार र भट्ट दुवैलाई नियन्त्रणमा लिएपछि प्रहरीको अर्को कारको खोजीमा लाग्यो। त्यो पनि हुन्डाईको क्रेटा ब्रान्डकै कार रहेछ। उक्त गाडी अरुण खड्का, विशाल खड्का र मधु सिलवालले लगेको सूचना प्राप्त भयो। सोही सूचनाका आधारमा खोजतलास गर्दै जाँदा सूर्यविनायकस्थित गणेश मन्दिरतर्फ जाने सडकमा उक्त कार फेला पर्‍याे। कारभित्रै भेट्टिए अरुण र मधु । दुवै भक्तपुरस्थित चाँगुनारायण बस्दा रहेछन्। उनीहरुले पनि कमलबाबु पुरी नामकै ब्लु बुक देखाए। 

प्रहरीले दुई कारसहित यी तीनजनालाई नियन्त्रणमा लिएपछि नक्कली ब्लु बुक बनाउने व्यक्तिबारे अनुसन्धान थाल्यो। त्यसमा मुख्य गिरोह भेटिए– माेरङ बयरबनका रेवतीरमन निरौला। प्रहरीले ती व्यक्तिसम्म पुग्न पक्राउ परेका कमलबाबुकै सहारा लियो। प्रहरीकै सामुन्ने कमलले ‘नयाँ ब्लु बुक बनाउनुपर्नेछ’ भन्दै रेवतीलाई फोन गरे। रेवतीले भेटघाटका लागि पशुपति आर्यघाटको लोकेसन दिए। त्यसपछि महाशाखाको टोली अभियुक्त कमलसहित आर्यघाट पुग्यो र रेवतीलाई पक्राउ गर्‍यो। 

सोधपुछका क्रममा रेवतीको डेरा नजिकै पुरानो बानेश्वरस्थित जागृतिमार्गमा रहेको थाहा भयो। महाशाखा लानुअघि एकपटक रेवतीको काठा खानतलासी गर्ने निष्कर्षमा पुग्यो प्रहरी। 

‘डेरा पुग्दाको दृश्य त झन् डरलाग्दो खुल्यो,’ एसएसपी खापुङले भने, ‘शैक्षिक प्रमाणपत्र, सरकारी कायर्लयका छाप, होलो ग्राम, लाइसेन्स, राहदानी लगायतका कागजातको चाङ नै भेटिए। उनी यो काम घरमै गर्दा रहेछन्। हुबहु नक्कल बनाउन कतिपय सक्कल कागजात पनि राखिएको पाइयो।’ 

‘काम दुईतीनवटा तह हुँदै गिरोहसम्म आइपुग्नेरहेछ,’ एसएसपी खापुङ भन्छन्, ‘त्यसैले आजसम्म उनले कुनकुन क्षेत्रमा क–कसको सर्टिफिकेट नक्कली बनाए, त्यसको सूची भेट्न गाह्रो रहेछ। तर, उनले कागजात बनाउने कम्प्युटरको ‘ट्रयाकिङ’ बाट धेरै कुरा खुल्ने सम्भावना छ। हामी अब त्यतातिरको अनुसन्धानमा जुटिरहेका छौं।’

नक्कली कागजात बनाउन चाहने पनि उनीसम्म सीधै सम्पर्कमा नआउने प्रहरीको प्रारम्भिक सोधपुछमा खुलेको छ। ‘काम दुईतीनवटा तह हुँदै गिरोहसम्म आइपुग्नेरहेछ,’ एसएसपी खापुङ भन्छन्, ‘त्यसैले आजसम्म उनले कुनकुन क्षेत्रमा क–कसको सर्टिफिकेट नक्कली बनाए, त्यसको सूची भेट्न गाह्रो रहेछ। तर, उनले कागजात बनाउने कम्प्युटरको ‘ट्रयाकिङ’ बाट धेरै कुरा खुल्ने सम्भावना छ। हामी अब त्यतातिरको अनुसन्धानमा जुटिरहेका छौं।’

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ।

निरौलाले पाँच वर्षदेखि आफू यो काममा संलग्न रहेको बताएका छन्। उनले बनाउने कागजात हुबहु देखिने भएकाले बजारमा गइसकेपछि सक्कली या नक्कली सहजै पत्ता लगाउन गाह्रो रहेको प्रहरी अधिकारी बताउँछन्। ‘कतिले नक्कली सर्टिफिकेटकै आधारमा जागिर खाने, कोही नक्कली पासपोर्टकै आधारमा विदेशिने, कोही नक्कली लाइसेन्स र ब्लु बुककै आधारमा सडकमा हिँडिरहेका हुन सक्छन्, अब यसमा सचेत हुनुपर्ने अवस्था आयो,’ एसएसपी खापुङ भन्छन्।  

प्रकाशित: Jun 29, 2021| 12:54 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।