सोमबार, असार २९, २०८३

विश्वकपमा एसियाली राष्ट्र जापानको पहिलो जित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस - रुसमा जारी विश्वकप २०१८ मा एसियाली राष्ट्र जापानले पहिलो जित हात पारेको छ । मंगलबार समूह ‘एच’ अर्न्तगत मोर्डोभिया एरिनामा नेपाली समयअनुसार ५:४५ बाट शुरु भएको खेलमा जापानले कोलम्बियालार्इ २-० गोलले पराजित गरेको हो ।

बलियो प्रतिद्वन्दी कोलम्बियालाई रोक्ने लक्ष्यको साथ मैदान उत्रेको जापानले विश्वकपको समुह चरणको खेलमा पहिलो जित निकाल्दै विश्वकप २०१८ मा एसियाका तर्फबाट जित हात पार्ने दोस्रो राष्ट्र बनेको हो । 

यसअघि  एसियाली मुलुक इरानले मेरक्कोलाई १–० गोलअन्तरले पराजित गरेको थियो । दक्षिण कोरिया भने स्वीडेनसँग ०-१ गोलले पारजित भएको थियो । 

सन् २०१४ को खेलमा कोलम्बियाबाट सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका जेम्स रोड्रिगुएजले कोलम्बियाले गोल खाएको बेन्चमै हेरे ।  

खेलको पाँचौं मिनेटमा नै जापानले सुरुवाती अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमा कोलम्बियाका कार्लोस सान्चेजले डिबक्सभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट जापानका सिन्जी कागवाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

सुरुवाती समयमा नै आक्रमक खेल खेलेको जापानले कोलम्बिया विरुद्ध बहादुरीको साथ पराजित गरेको हो । कोलम्बिया विरुद्ध जापानको यो अहिलेसम्मकै ऐतिहासिक जित हो ।

सुरुवाती समयमा नै निकै आक्रमक खेल खेलेको जापानले खेलको ३९ औं मिनेटमा भने गोल खान पुगेको थियो । कोलम्बियाका जुहान क्युन्टेरोले फ्रिकिकबाट गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए 

पहिलो हाफसम्म १–१ गोलको बराबरीमा रोकिएको जापानले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो । खेलको ७३ औं मिनेटमा युवा ओसाकोले गोल गर्दै २–१ गोलको जित दिलाएका हुन् । जितसँगै जापानले महत्वपूर्ण तीन अंक बटुलेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।