रुस- कोलम्बियाका जर्सी नम्बर ६ का खेलाडी कार्लोस साञ्चेजले विश्वकप २०१८ कै पहिलो रेडकार्ड पाएका छन् । उनले डिबक्सभित्र हातले बल रोकेपछि रेफ्री डामिर स्कोमिनाले उनलार्इ खेलको तेस्रो मिनेटमा रेड कार्ड दिएका हुन् ।
कार्लोसले डिबक्सभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीको भरपुर उपयोग गर्दै जर्सी नम्बर १० का खेलाडी सिन्जी कागवाले पहिलो गोल गरेका हुन् ।
विश्वकप फुटबलअन्तर्गत समूह एच को खेलमा जापानले कोलम्बियाविरुद्ध प्रतिस्पर्धा गरिहेको छ । कार्लोसले रातो कार्ड पाएर मैदान छाडेपछि अहिले कोलम्बिया १० खेलाडीमा सीमित बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४