शुक्रबार, असोज १६, २०८३

युनियन लाइफलाई आईपीओ निष्काशन गर्न अनुमति

युनियन लाइफ इन्स्योरेन्सलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– युनियन लाइफ इन्स्योरेन्सलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।

बोर्डले कम्पनीको हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात् ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ट्रिपल बी रेटिङ प्रदान गरेको छ।

यसले कम्पनीको प्राथमिक सेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको र समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको जनाउँछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

प्रकाशित: Jun 28, 2021| 09:02 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्