रुस- रुसमा जारी विश्वकप २०१८ अन्र्तगत पोल्याण्ड र सेनेगल पहिलोपटक आमनेसामने हुन लागेका हुन् । पोल्यान्ड र सिनेगलबीचको भिडन्त मंगलबार राति नेपाली समय ८ : ४५ बजे एक्टेरिनबर्ग स्टिेडियममा हुन भएको छ ।
पोल्यान्ड
पोल्यान्डको लागि यो ८ औँ विश्वकप हो । सन् १९३८ मा पहिलो पटक पोल्यान्ड विश्व कपमा छनोट भएको थियो । सन् १९७४ र १९८२ को विश्वकपमा तेस्रो स्थान ओगटोको पोल्यान्डले यस अघि सन् २००६ को विश्वकपमा पनि छनोट भएकोे थियो । दुई पटकसम्म सेमीफाइन चरणमा पुगेको पोल्यान्डले सन् २०१८ मै भएका यस अघिका अन्तराष्ट्रिय खेलहरू मध्ये चिली, उरूग्वेसँग बराबरीमा खेलेको छ भने लिथुनिया र कोरिया रिपब्लिकसँग क्रबश ४-० र ३-२ गोल अन्तरले जीत हात पारेको छ ।
सन् १९७८ फिफा वोल्ड कपमा अर्जेन्टिनाबाट खेलेका आदम नबाल्का अनुभवी खेलाडी यस विश्वकपमा पोल्यान्डका म्यानेजर रहेका छन् । रोर्वोट लेवाडोस्कीलाई क्रिटिस्यानो रोनाल्डोको अर्को भर्सन मानिन्छ । बार्यन म्युनिक क्लबमा अनुबन्धित रहेका रोर्वोट लेवाडोस्कीबा निकै आशा गरिएको छ।
विश्वकपका लागि पोल्याण्डको टिम
गोलकिपर्स : बार्टोस्ज बिएलकोस्की, लुकास्ज, फबियानीकी ओजकिएज स्किजस्नि ।
डिफेन्डर्स : जन बडनारिक, बार्टोस्ज बिरेस्जिीन्स्की, थियागो सियोनीक, कमिल ग्रील्क, अरटुर जिड्रिक्जिक, माइकल पजड्न, लुकास्ज पिस्केज ।
मिडफिल्डर्स : जाकुब ब्लास्जिकोस्की, जकेक गोराल्स्कि, कमिल ग्रोसिकि, ग्रीजगेज क्रिकोवियाक, राफल कुर्जावा, कारोल लिनेत्ति, स्लावमिर पेस्जको, माकिज रिवस, पाइट्र जिलिन्स्की ।
फवाडर्स : डविड कोनाकि, रोबर्ट लिवानडोस्की, अर्काडियूस्ज मिलिक, लुकास्ज कटिडोरकिज्क
सेनेगल
सिनेगलको विश्वकपको इतिहास भने छोटो रहेको छ । सन् २००२ मा पहिलो पल्ट सहभागी हुँदा पोल्यान्डले क्वाटर फाइनलसम्मको यात्रा तय गरिसकेको थियो । सिनेगलको भने यो विश्वकप दोस्रो पटकको अनुभव हो। फिफा र्याङकिङगमा २७ औँ स्थानमा रहेको सेनेगल पहिलो छनोटमै क्वाटरफाइनलसम्म यात्रा गरेकोले यस पटकको खेल सशक्त हुने अनुमान गरिएको छ ।
कोरिया रिपब्लिकलाई सन् २०१८ जुन ११ मा भएको मैत्रीपूर्ण खेलमा २– ० ले जीतेकोे थियो भने सन् २०१८ जुन ८ मा क्रोएसियासँग २ – १ ले भने हार व्यहोरेको थियो ।
बलियो डिफेन्स लाइन मेन्टेन गर्न सक्ने प्रभावशाली साडिओ माने आजको खेलका आशातित खेलाडी हुन् । पोल्यान्ड विरूद्ध उनको प्रर्दशनी निकै अपेक्षा गरिएको छ । लिभरपुल कलबबाट खेलिरहेका मानेले गत सिजनमा उत्कृष्ट खेलेका थिए ।
विश्वकपका लागि सेनेगलको टिम
गोलकिपर्स : खादिम एन डाइय, अबडोउले डाइयलो, अल्प्रेड गोमिस ।
डिफेन्डर्स : कारा एमबोड्जी, कालिडोउ कोउलिबेलि, मोउजा वागुइ, सालिवउ सिस, यूसोउफ सबालि, लमाइन गस्सामा, अरमान्ड ट्रआओर, सलिफ सेन ।
मिडफिल्डर्स : पेप अलिओनी एनडिआइ, इडरिस्सा गुइए, चिएखहोउ कोउएट, अलफ्रेड एन डाइए, बडोउ एनडियए, चिएख एन डोए, इस्माइला सार ।
फवाडर्स : केइटा बाल्डी, मेम बिराम डिआव, माउजा कोनेट, सडियो मेन, एम बिए निआङ, डिआफ्रा साखो, मोउजा सो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४