बुधबार, चैत ११, २०८२

विश्वकप : जापानले कोलम्बियासंग बदला लिन सक्ला ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार हुने पहिलो खेलमा कोलम्बियाविरुद्ध जापान मैदानमा उत्रिदैछ । समूह 'एच' मा रहेका यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार साझ ५:४५ मा सुरु हुँदैछ । 

कोलम्बिया रसिया विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्दै शुखद सुरुवात गर्ने तयारीमा छ भने जापान कोलम्बियालाई रोक्दै आफु जित निकाल्ने रणनीति छ ।

अहिलेसम्म कोलम्बिया र जापानबीच तीन खेलमा भेट भएको छ । जसमा २ खेलमा कोलम्बिया विजयी भएको थियो भने एक खेल बराबरीमा टुङ्गिएको थियो । 

पछिल्लो पटक सन् २०१४ को विश्वकपमा कोलम्बियाले जापानलाई ४-१ गोलले पराजित गरेको थियो । जापान आजको खेलमा त्यो हारको बदला लिने तयारीमा छ । 

यस्तो छ जापानको विश्वकप इतिहास

सन् १९९८ बाट विश्वकपमा डेब्यु गरेको जापानसंग ५ पटक विश्वकप फुटबल प्रतियोगिता खेलेको अनुभव छ । लगातार छैटौं विश्वकप फुटबल खेल्न लागेको जापान अहिलेसम्म २ पटक मात्रै नकआउट चरणमा पुगेको छ ।

सन् २००२ र २०१० को विश्वकपमा जापान प्रिक्वाटरफाइनलमा पुगेको थियो । एसियाको शक्तिशाली फुटबल टोलीका रुपमा चिनिएको जापान यसपटक नकआउट चरणमा पुग्ने रणनीतिका साथ मैदानमा उत्रिदैछ ।  

विश्वकपका लागि जापानको टिम : 

गोलकिपर्स : इआइजी कवासहिमा, मसाकी हिगासिगुछी, कोसुके नकामुरा

डिफेन्डर्स : युटो नगाटोमो, टोमोआकि मकिनो, वटारु इन्डो, माया योसिडा, हिरोकी सकाइ, गोटोकु सकाइ, गेन सोजी, नावमिखि युइडा

मिडफिल्डर्स : मकोटो हसिबी, केइसुकी होन्डा, टकासी इनुइ, सिन्जी कगवा, होटारु यमगुछि, जेन्की हरागुछी, टकासी युसामी, गकु सिबसाकि, र्योटा ओसिमा

फर्वाडस : सिन्जी कागावा, युया ओसाको, योसिनोरी मुटो

आशातित खेलाडी 

केइसुकी होन्डाले जापानको  अपेक्षाकृत खेलाडी हुन् । मेक्सीकन कलब पाचुकामा अनुबन्धित उनको स्किल प्रशंसायोग्य छ ।

आजको खेलमा उनको भूमिका महत्वपूर्ण हुने अनुमान गरिएको छ । २ बुन्डेजलिगा उपाधि जिताउन सफल सिन्जी कागावाको अनुभव जापानको लागि सबल पक्ष रहने आशा गरीएको छ । 

कोलम्बिया विश्वकप यात्रा

सन् १९६२ बाट विश्वकप खेल्न थालेको कोलम्बियाको यो पाँचौ सहभागिता हो । पहिलो सहभागितामा समुह चरणबाटै बाहिरीएको उसले सन् १९९० को विश्वकपमा भने  अन्तिम १६ मा स्थान बनाएको थियो । 

त्यसपछि नकआउट चरणमा पुग्न नसकेको कोलम्बियाले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप चमात्कारिक खेल खेलेको थियो । उसले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दै विश्वको ध्यान आफूतर्फ तानेको थियो । क्वाटरफाइनलमा ब्राजिलसँग २-१ ले पराजित भएपछि खेलबाट बाहिरिएको थियो ।

सन् २०१४ को विश्व कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रुपमा कोलम्बियाकै जेम्स रेड्रिगोजले गोल्डेन बुट जितेका थिए । निकै लयमा देखिएको कोलम्बिया यसपटक अघिल्लो विश्वकपमा भन्दा अझै माथि जाने लक्ष्यका साथ मैदान उत्रिदैछ । 

विश्वकपका लागि कोलम्बियाको टिम : 

गोलकिपर्स : डेभिड ओस्पिना, क्यामिलो भर्गास, जोस फर्नान्डो कुएडराडो

डिफिन्डिर्स : क्रिस्टियन जपाटा, डेभिनसन सानकिज, सानटिहागो एरियास, ओस्कर मुरिल्लो, फ्रान्क फाब्रा, जोन मोजिका, यरी मिना

मिडफिल्डर्स : विल्मर बरियोज, कार्लोस सानकिज, जेर्फसन लिर्मा, जोसी इजक्यूइर्डो, जेम्स रोड्रिगुइज, एबेल अगुइलर, मटियुस यूराइब, जुआन फर्नान्डो क्यूइनटिरो, जुआन क्वाडराडो 

फवाडर्स : रडामिल फाल्को, माइगुइल बोर्जो, कार्लोस बक्का, लुइस फर्नान्डो

आशा गरिएका खेलाडी 

मिडफिल्यर्स जेम्स रोड्रिगुइज र डिफेन्डर्स यरी मिना अपेक्षा गरिएका खेलाडी हुन् । उनको   बार्सिलोना र कोलम्बिया दुवैका डिफेन्डर्स हुन् ।

रोड्रिगुइजको स्किल  र भिजनले खेलको सबल पक्ष रहेको छ । रियल मेड्रिड र वार्यन म्युनिकमा अनुबन्धित अझ दक्ष र सशक्त भइ आएका उनको भुमिकालाई आज प्राथमिकता दिइने भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।