काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारी समुहचरणको खेलमा मंगलबार (आज) समुह एच र ए का खेलहरु हुने भएका छन् ।
आज हुने तीन खेलमध्ये सबैभन्दा पहिला समुह एचमा रहेका कोलम्बिया र जापान भिड्ने छन् । खेल मोरोडो एरोना स्टिेडियममा नेपाली समय अनुसार साझ ५ः४५ बजे हुनेछ । दुबै टोली जित निकाल्दै विश्वकप फुटबलमा सुखद सुरुवात गर्ने रणनीतिमा छन् ।
यस्तै आजै हुने दोस्रो खेलमा पोल्यान्डविरुद्ध सेनेगल मैदानमा उत्रिदै छ । समुह एचमा रहेको यी टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ८ः४५ बजे हुने छ ।
खेलमा दुबै टोलीबीच कडा संघर्ष हुने अनुमान गरिएको छ । पोल्यान्ड जित निकाल्ने रणनीतिमा छ भने सेनेगल उसलाई रोक्ने तयारीमा छ ।
यसैगरि आजै हुने तेस्रो खेलमा आयोजक रुसविरुद्ध इजिप्ट भिड्दैछ । समुह ए मा रहेका यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राती ११ः४५ बजे हुनेछ ।
साउदी अरेवियालाई ५–० गोल अन्तरले पराजित गरेको रुस उच्च मनोवलका साथ मैदानमा उत्रिदा इजिप्ट उसलाई रोक्ने रणनीतिमा हुनेछ ।
इजिप्ट आफ्नो पहिलो खेलमा उरुग्वेसंग १–० गोल अन्तरले पराजित भएको थियो । उसलाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाब छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४