सोमबार, असार २९, २०८३

ट्युनिसियालाई हराउँदै इंग्ल्याण्डले जोड्यो ३ अंक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारी समुहचरणको खेलमा इंग्ल्याण्डले ट्युनिसियालाई पारजित गरेको छ । 

सोमबार राती भएको निकै संघर्षपूर्ण खेलमा ट्युनिसियालाई २–१ गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड विजयी भएको हो । जितसँगै समुह जी मा रहेको इंग्ल्याण्डले महत्वपूर्ण ३ अंक बटुलेको छ ।

इङल्यान्डका लागि दुवै गोल ह्यारी केनले गरेका हुन् । पहिलो गोल खेलको ११ मिनेटमा गोल गरेर ह्यारीले इङल्यान्डलाई अग्रता दिलाएका थिए ।

ट्युनिसियाले खेलको ३५ औँ मिनेटमा पेनाल्टी मार्फत जवाफी गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । ट्युनिसियाले पाएको पेनाल्टीमा फेरजानी सासीले गोल गरेका थिए ।
 
९० मिनेटसम्म बराबरी रहेको खेलमा थप गरिएको अतिरिक्त समयमा कप्तान ह्यारी केनले दोस्रो ब्यक्तिगत गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाए ।

रक्षात्मक खेल खेल्न खोजेको ट्युनिसिया अन्तिम समयमा समालिन नसक्दा गोल खान पुग्यो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।