आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राज्यले बिर्सियो भन्दै चित्त दुखाइरहेको सहिद अरविन्द परिवार

Siddartha premir insuranceSiddartha premir insurance

राज्यले बिर्सियो भन्दै चित्त दुखाइरहेको सहिद अरविन्द परिवार

राजा महेन्द्रको भ्रमणका लागि एक हप्ताअघिदेखि नै तत्कालीन महोत्तरी जिल्लाको गाउँ–गाउँमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालित थिए। त्यो दिन कांग्रेसले प्लान ‘ए’ र ‘बी’ बनाएको थियो। सुरुमा एअरपोर्टबाट राजा महेन्द्र निस्केलगत्तै बम विस्फोट गराउने र  त्यहाँ सफल नभए जानकी मन्दिरमा विस्फोट गराउने। 
 |  शुक्रबार, असार ११, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, असार ११, २०७८

 जनकपुर- पञ्चायतकालको जेल जीवन, उसै त कठोर। त्यसमाथि राजा मार्ने प्रयास गर्नेलाई कस्तो सजाय दिइयो होला? सोच्दै डर लाग्ने। खानेकुराका  नाममा दुई मुठी चिउरा र चामल। केही बोल्यो कि सुरक्षाकर्मीले भकुर्न थालिहाल्थे। 

triton college

यो वास्तविक कहानी हो सहिद दुर्गानन्द झा र प्रजातन्त्रका लागि लडेका अरविन्द ठाकुरको। अरविन्दले आफ्नो मृत्यु हुनु पूर्व भनेका थिए- हरेक क्षण भोकै छु भन्ने महसुस हुन्थ्यो, अन्न बिना मर्छु कि झैं जस्तो लाग्थ्यो।

दुर्गानन्द र अरविन्द जेलमा सँगै थिए। दुर्गानन्दले जेलमा मुसो देखे। अरविन्दलाई मुसो खाएर ज्यान जोगाउन भने। तर, अरविन्दलाई  घीन लागिरहेको थियो।

दुर्गानन्दले मुसा खाएको देखेर अरविन्दले पनि मुसा खान सुुरु गरे। २४ सै घण्टा दुवैलाई महिनौंसम्म लोहाको जञ्जिरमा बाँधेर राखिएको थियो। पछि दुवैलाई मृत्युदण्डको सजाय सुनाइयो। अरविन्द बालक नै रहेकाले उनलाई जन्मकैदको सजाय सुनाइएको थियो। र, दुर्गानन्दलाई फाँसीमा चढाइएको थियो। 

बम विस्फोटको योजना

Metro Mart
vianet

२०१७ सालमा जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरेर राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो। अर्कोतर्फ नेपाली कांग्रेसका नेताकार्यकर्तामाथि देशैभर धरपकड सुरु भइसकेको थियो। 

पञ्चायती व्यवस्था लागू भएको ठीक एक वर्षपछि तत्कालीन राजा महेन्द्रको २०१८ सालमा पूर्वी तराईको भ्रमण कार्यक्रम निश्चित भयो। महेन्द्रको तराई भ्रमणलाई कांग्रेसले अवसरको रूपमा प्रयोग गर्ने योजना बनायो। कांग्रेसले महेन्द्रमाथि बम प्रहार गर्ने योजनामा काम गर्न थाल्यो। 

महोत्तरी जिल्ला लोहनाका कलिला उमेरका अरविन्दले हात उठाए। १४ वर्षको त्यो कलिलो उमेरका बालकले हात उठाएको देखेर सुरुमा कोही तयार भएनन्। तर, उपाय नलागेपछि दुर्गानन्द र अरविन्दलाई सो योजनामा सहभागी गराइयो। 

कांग्रेस नेता सुवर्णशमशेर राणा र सरोजप्रसाद कोइरालाबीच जनकपुरधाममै महेन्द्रमाथि बम प्रहार गर्ने योजनामा सहमति बन्यो। नेता कोइराला तीक्ष्ण बुद्धिका मानिन्थे। यद्यपि उनका लागि बम प्रहार गर्ने योजना त्यति सहज भने थिएन। उनी कांग्रेसको भारत जयनगरस्थित क्याम्पमा बस्ने गर्थे। त्यहाँ उनले आफ्नो योजनाअनुरुप युवाको खाेजी गरे। तर, उनले चाहे जस्तो युवा भेटाउन सकेनन्। 

त्यसपछि उनी भारतकै छतौनीमा रहेको क्याम्पमा पुगे, जहाँ उनको भेट दुर्गानन्द र अरविन्दसँग भयो। तर, नेता कोइरालालाई उनीहरूले यो योजना सफल पार्न सक्छन् भन्ने विश्वास भने थिएन।

एक दर्जन युवालाई छनोट गरेर सरोज कोइराला र रामनारायण मिश्रको उपस्थितिमा बैठक आयोजना गरियो। बैठकमा राज्यसत्ताबाट पहिलेदेखि नै आजित भइसकेका दुर्गानन्द बम विस्फोट योजनाका लागि तयार भए। तर, एक्लै त्यो योजना सफल पार्नु सम्भव थिएन। 

दुर्गानन्दबाहेक कोही सो योजनामा सामिल हुन इच्छा देखाएनन्। फेरि सरोज कोइरालाले सोधे– यो योजनामा सरिक हुन को चाहन्छ?

त्यत्तिकैमा तत्कालीन महोत्तरी जिल्ला लोहनाका कलिला उमेरका अरविन्दले हात उठाए। १४ वर्षको बालकले हात उठाएको देखेर सुरुमा कोही तयार भएनन्। तर, उपाय नलागेपछि दुर्गानन्द र अरविन्दलाई सो योजनामा सहभागी गराइयो। 

अरविन्द विमानस्थलको योजनामा खटिएका थिए भने दुर्गानन्दलाई जानकी मन्दिर परिसरमा। दुर्भाग्यवश! अरविन्द जनकपुर एयरपोर्ट चोकमा बमसहित पक्राउ परे। उनी पक्राउ परेलगत्तै बम विस्फोटको योजना खुल्यो। 

नेपाली कांग्रेसका नेता स्मृतिनारायण चौधरी भन्छन्, ‘अरविन्दलाई योजनामा सामेल गराएपछि दुर्गानन्द धेरै रिसाए, उनी रिसाउनुको मुख्य कारण अरविन्दको कलिलो उमेर थियो।’ विकल्प नभएपछि उनी पनि पछि तयार भएको चौधरी बताउँछन्। 

त्यसपछि महोत्तरी भ्रमरपुराका जनार्दन शर्मा, पुनदेव ठाकुरसहितका युवाहरूको बैठकबाट बम विस्फोटको योजना बनाइयो। त्यसपछि दुर्गानन्द र अरविन्दलाई बम विस्फोटका लागि बिदाइ गरिएको कांग्रेस नेता चौधरी बताउँछन्।

सम्झौताका अनुसार दुवै जना अलग–अलग बाटो भएर जनकपुरधाम पुगेका थिए।

बम विस्फोटको दिन

२०१८ माघ ९ गते तत्कालीन राजा महेन्द्र विराटनगरबाट विशेष विमानमार्फत जनकपुरधाम आउने कार्यक्रम थियो। उनको भ्रमणका लागि एक हप्ताअघिदेखि नै तत्कालीन महोत्तरी जिल्लाको गाउँगाउँमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालित थिए। ठाउँठाउँमा सुरक्षा जाँच चलिरहेको थियो। 

त्यो दिन कांग्रेसले प्लान ‘ए’ र ‘बी’ बनाएको थियो। सुरुमा एअरपोर्टबाट राजा महेन्द्र निस्केलगत्तै बम विस्फोट गराउने र  त्यहाँ सफल नभए जानकी मन्दिरमा विस्फोट गराउने। 

अरविन्द नभएको भए दुर्गानन्दलाई पनि सहिदको उपाधि पाउन गाह्रो हुन्थ्यो। अरविन्दले नै सहिदको सूचीमा सामेल गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। तर, अरविन्दको नाम कहीँ कतै देखिँदैन। 

अरविन्द विमानस्थलको योजनामा खटिएका थिए भने दुर्गानन्दलाई जानकी मन्दिर परिसरमा। दुर्भाग्यवश! अरविन्द जनकपुर एयरपोर्ट चोकमा बमसहित पक्राउ परे। उनी पक्राउ परेलगत्तै बम विस्फोटको योजना खुल्यो। त्यसपछि प्रहरीले दुर्गानन्दको  खोजी सुरु गर्‍यो। 

कांग्रेस नेता सरोज कोइराला बम विस्फोटको योजना विफल भएकोमा चिन्तित थिए। यता राजाको भ्रमणलाई समेत पाँच घण्टा ढिलो बनाइयो। तर, प्रहरीको सबै चक्रव्यूहलाई पार गरेर दुर्गानन्दले जानकी मन्दिर परिसरमा राजा महेन्द्र सवार ल्यान्ड रोवर गाडीमा बम प्रहार गरे। 

गाडीमा क्षति पुगे पनि राजा महेन्द्रलाई भने केही भएन। बम विस्फोट गराएर दुर्गानन्द त्यहाँबाट फरार भइसकेका थिए। केही दिनपछि मात्रै उनी पक्राउ परे।

राज्यको नजरमा नपरेका अरविन्द

सहिद दुर्गानन्दले प्रजातन्त्र स्थापनाका लागि राजा महेन्द्रमाथि बम फालेर चर्चा पाए। तर, सोही योजनामा सरिक अरविन्दलाई भने राज्यले हेरेन। 

अरविन्द नभएको भए दुर्गानन्दलाई पनि सहिदको उपाधि पाउन गाह्रो हुन्थ्यो। अरविन्दले नै सहिदको सूचीमा सामेल गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। तर, अरविन्दको नाम कहीँ कतै देखिँदैन। 

तत्कालीन पञ्चायती व्यवस्थाले राजकाज मुद्दाअन्तर्गत फाँसीको सजाय सुनाए पनि अरविन्दको उमेर कम रहेकाले आजीवन कारावासको सजाय दिने निर्णय गरेको थियो। चरम शारीरिक यातना दिई जेलमा राखिएका अरविन्दलाई २०३४ मा रिहा गरिएको थियो।

जिउँदो सहिद भनेर चिनिने राष्ट्रिय सभाका पूर्वसांसद्समेत रहेका अरविन्दको २०७० मंसिर १० मा निधन भयो।  राजा महेन्द्रमाथि बम प्रहार गर्ने योजनामा सरिक रहेको भन्दै उनले जेलमा दिइएको कडा यातना दिइएका कारण ढाडको समस्याबाट जीवनपर्यन्त पीडित रहे। 

तत्कालीन पञ्चायती व्यवस्थाले राजकाज मुद्दाअन्तर्गत फाँसीको सजाय सुनाए पनि उनको उमेर कम रहेकाले आजीवन कारावासको सजाय दिने निर्णय गरेको थियो। चरम शारीरिक यातना दिई जेलमा राखिएका अरविन्दलाई २०३४ मा रिहा गरिएको थियो।

सोही वर्ष उनको विवाह भारत विहार राज्यको चरौतकी मञ्जु ठाकुरसँग भएको थियो। सहिद ठाकुरको एक छोरी रश्मी ठाकुर र दुई छोरा रोशन ठाकुर र राहुल ठाकुर छन्।अरविन्द २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यसमेत बनेका थिए।

‘देशमा प्रजातन्त्र आयो, संघीयता आयो यहाँसम्म कि देशमा गणतन्त्र पनि आयो,’ मञ्जुको आरोप छ, ‘कयौँ आन्दोलनकारीले सहिदको उपाधि पाए तर, ती सहिदहरूलाई न सरकारले नै सम्मान दिन सक्यो न समाजले नै।’

विवाहअघि मञ्जुलाई थाहा थिएन कि उनको श्रीमान नेपालमा प्रजातन्त्र स्थापनाका लागि लडेका योद्धा हुन्। जेलमा यातना भोगेका व्यक्ति हुन्। 

‘उहाँ १८ वर्ष जेल काटेका व्यक्ति हुनुहुन्छ,’ उनी भन्छिन्, ‘विवाहपछि मात्रै जेल जीवनका क्रममा पीडा पाएका कारण उहाँको ढाडमा समस्या रहेको कुरा थाहा पाएँ।’ मञ्जुका अनुसार यही समस्याका कारण उनी कहिल्यै उत्तानो परेर सुत्न सकेनन्। 

पहिलो सन्तान भएसँगै अरविन्दका बुबाले ‘कुनै काम गर्, राजनीति गरेर काम छैन’ भनेर घरबाटै निकालिदिएको मञ्जु सम्झिन्छिन्। ‘मेरो ससुराले हामी सबैलाई घरबाट निकालि दिए यहाँसम्म कि अंशमा हिस्सा दिनसमेत मानेनन्, अदालतबाट हामीले आफ्नो अंश पायौँ,’ उनले भनिन्। 

अंश पाए पनि उनीहरू भने दुःखमै थिए। तीन सन्तान भएपछि उनीहरूको पालनपोषणमा थप चुनौती थपियो। 

‘मेरो कान्छो छोरा राहुल डेढ वर्षसम्म आफ्नो गोडामा उभिनै सकेन, त्यसपछि हामी नेपाली कांग्रेसका नेता रहेका पूर्व राष्ट्रपति डा. रामवरण यादव कहाँ उपचारका लागि पुग्यौँ,’ उनले भनिन्, ‘उनले नै हामीलाई खान नपाएर तपाईंको छोरालाई कुपोषण भएको बताए। यो देखेर कांग्रेस नेतृ लीला कोइराला एकदमै दुःखी भइन्।’

‘जीवित छँदा उनले पाउन नसकेको सम्मान नेपाली कांग्रेस, देश वा समाजले उनको निधनपछि सम्मान गर्नु पर्थ्यो, त्यो हुन सकेन। उनको मृत्यु भएपछि आजसम्म हामीलाई न कुनै सरकारले सोधखोज गर्‍यो न पार्टीकै कुनै नेताले।’

मञ्जुको माइतबाट चामल दाल आउँथ्यो भने बाँकी सामानहरू लीला कोइरालाले उपलब्ध गराउन थालिन्। यता अरविन्दको ढाड पनि बांगो हुँदै गइरहेको थियो, जसकारण उनलाई हिँड्नसमेत समस्या हुन थाल्यो। यही ढाडको समस्या पछि गएर अरविन्दको मृत्युको कारण पनि बन्यो।

‘जीवित छँदा उनले पाउन नसकेको सम्मान नेपाली कांग्रेस, देश वा समाजले उनको निधनपछि सम्मान गर्नु पर्थ्यो, त्यो हुन सकेन,’ मञ्जु भन्छिन्, ‘उनको मृत्यु भएपछि आजसम्म हामीलाई न कुनै सरकारले सोधखोज गर्‍यो न पार्टीकै कुनै नेताले।’

अरविन्द रिहा भएपछि संघर्ष गरेकै कारण दुर्गानन्द सहिदको श्रेणीमा आउन सफल भएको मञ्जुको भनाइ छ। साथै अरविन्द कलिला उमेरका भएर पनि बम विष्फोट आफूले गराउन तयार भएपछि मात्रै दुर्गानन्द उनलाई देखेर तयार भएको उनको दाबी छ। 

‘फाँसीमा चढ्नेले ५ मिनेटको कष्ट पाए तर जो १८ वर्षसम्म जेलमा यातना पाइरहे उनलाई उनकै दलले सम्मान गर्न सकेको छैन,’ उनले भनिन्। 

यसैबीच प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले सहिद अरविन्दका श्रीमती मञ्जु ठाकुरलाई सम्मान गरेका छन्। प्रदेश प्रमुखसँगको भेटमा मञ्जुले श्रीमानको योगदानलाई युवा पुस्तासम्म पुर्‍याउन सालिक र जनकपुरधाम विमानस्थलको नाम उनको नाममा राख्न आग्रह गरेकी थिइन्।

प्रकाशित: Jun 25, 2021| 03:50 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।