काठमाडौं-सामसङ नेपालले दशैंलाई लक्षित गर्दै 'दशैंको मुड, सबै गुड' नामक विशेष अफर सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले सामसङका टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको खरिदमा आकर्षक छुट, उपहार र विशेष सुविधाहरू पाउनेछन्।यो अफर भदौ २५ देखि असोज २४, २०८२ सम्म नेपालभरका सामसङका आधिकारिक विक्रेताहरूमाझ लागू हुने कम्पनीले जनाएको छ।
ग्राहकहरूले नियो क्यूलिड, क्यूलिड, फुल एचडी र एचडी टिभीको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्नेछन्।साथै, छानिएका ७५ इन्च र ८५ इन्चका क्युलिड टिभी खरिद गर्दा निःशुल्क साउन्डबार उपहार स्वरूप पाइनेछ। यसका अतिरिक्त, कम्पनीले ३ वर्षको फुल वारेन्टी र निःशुल्क जडान सुविधा पनि उपलब्ध गराएको छ।
सिङ्गल-डोर, डबल-डोर र साइड-बाइ-साइड रेफ्रिजरेटरहरूमा १९ प्रतिशतसम्मको क्यासब्याक रहेको छ। ७०० लिटरभन्दा माथिका साइड-बाइ-साइड मोडेल खरिद गर्ने ग्राहकले उपहारमा माइक्रोवेभ ओभन पाउनेछन्।टप-लोड र फ्रन्ट-लोड वाशिङ मेसिनमा २४ प्रतिशतसम्म क्यासब्याक पाइनेछ। साथै, निश्चित मोडेलको खरिदमा ६ केजीसम्म सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट उपहार स्वरूप प्रदान गरिनेछ।
रेफ्रिजरेटर र वाशिङ मेसिनको डिजिटल इन्भर्टर टेक्नोलोजीमा २० वर्षको वारेन्टी र निःशुल्क जडान सुविधा पनि उपलब्ध छ।ग्राहकहरूको सुविधाका लागि सामसङले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीको व्यवस्था पनि गरेको छ। नागरिकताको प्रतिलिपि बुझाएरै सामसङ इन्स्टा फाइनान्स मार्फत यो सुविधा लिन सकिनेछ।
यसका साथै, अर्कोस्टोर वा सामसङका आधिकारिक स्टोरहरू मार्फत पुराना घरायसी उपकरणहरू साटेर नयाँ खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।