सोमबार, असार २९, २०८३

आजका अखबारः चीन जाँदै प्रधानमन्त्री, अस्ताए देवकोटा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको विषयलाई मुख्य समाचार बनाएका छन् । 

प्रधानमन्त्री आज चीन जाँदैः 'रेलवे, पुननिर्माण र उर्जामा सम्झौता हुन्छ' शीर्षकमा कान्तिपुर दैनिकले मुख्य समाचार छापेको छ भने नागरिक दैनिकले प्रधानमन्त्री ओलीले मुलुकको सर्वोत्तम हितमा भ्रमण केन्द्रित हुने भनि संसद्मा दिएको अभिब्यक्तिलाई मुख्य समाचार बनाएको  छ ।

अन्नपूर्ण पोस्ट्, नयाँपत्रिकालगायतका दैनिक अखबारहरुले पनि प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई नै  विशेष प्राथमिकता दिएर छापेका छन् । 

यस्तै आजका अखबारहरुले वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनसम्बन्धी खबरलाई पनि प्राथमिकतामा पारेका छन् ।

गरिक दैनिकले बिदा भए डा. देवकोटा शीर्षकमा खबर लेखेको छ भने अन्नपूर्णले अस्ताए डा. देवकोटा शीर्षकमा समाचार छापेको छ । कान्तिपुर र नयाँपत्रिका दैनिकले पनि पहिलो पृष्ठमै यो खबर छापेका छन् । 

प्रधानमन्त्री आज चीन जाँदै

प्रधानमन्त्री केपी ओली ६ दिने भ्रमणका लागि आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्दै छन् । चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा दुई पक्षीय सहयोग, सहकार्य र संयुक्त लगानीका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

आफ्नो चीन भ्रमणबारे सोमबार दुवै सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भ्रमण क्रममा चिनियाँ राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछियाङलगायत चीनका उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए । ओलीले चिनियाँ जनकांग्रेसका अध्यक्षसँग पनि भेट्ने कार्यक्रम छ ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित खबर अनुसार भ्रमणका क्रममा नेपाली पक्षले दुई देशबीच यसअगाडि भएका सहमति कार्यान्वयनमा जोड दिने तयारी गरेको छ । रेल–वे, पारवहन, क्रस बोर्डर ट्रान्समिसन लाइन, सातै प्रदेशमा विपद् उद्धार केन्द्र निर्माणमा चिनियाँ सहयोगलगायत विषयलाई प्रमुख एजेन्डा बनाएर छलफल गर्ने तयारी भइरहेको हो ।

प्रधानमन्त्रीको चीन भ्रमणका बेला दुई देशका सरकारकाबीच वाणिज्य तथा पारवहन क्षेत्रमा सम्झौता हुने चर्चा चले पनि प्रोटोकलमा सम्झौता हुने–नहुने टुंगो नलागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीको पहिलो प्रधानमन्त्रीकालमा वाणिज्य तथा पारवाहन क्षेत्र विकासमा सहमति भए पनि त्यसको प्रोटकलमा सहमति भएको छैन । ‘वाणिज्य तथा पारवान प्रोटकलका विषयमा गृहकार्य भइरहेकाले सम्झौता हुने–नहुने यकिन भइसकेको छैन’, स्रोत भन्यो ।

भ्रमणमा प्रधानमन्त्री ओलीले चीन सरकारसँग गरेका पुरानै १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने भएका छन् । पुराना सहमतिसँगै ट्रान्स हिमालय नेटवर्कअन्तर्गत रेलवे, सडक मार्ग, क्रस बोर्डर ट्रान्समिसन लाइन र यातायात तथा पारवाहनका विषयलाई नेपालका तर्फबाट जोड दिइने बताइएको छ ।

चिनियाँ पक्षले पनि यसअघिका सम्झौता कार्यान्वयन जोड दिने बताइएको छ । दुई पक्षबीच विश्वासको दीर्घकालीन वातावरण निर्माणको चीनले अपेक्षा गरेको चिनियाँ स्रोतले बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।