आइतबार, भदौ ७, २०८३

मोरङका १७ वटै स्थानीय तहले ल्याए बजेट

मोरङका १७ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्धारित अवधिमै ल्याएका छन्।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

विराटनगर- मोरङका १७ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्धारित अवधिमै ल्याएका छन्। यसअघि असार १० गतेभित्र सवै पालिकाको बजेट आउने गरेको थिएन। आगामी आर्थि वर्षको बजेट भने सवैले कानुनी व्यवस्था अनुसारको समयमा ल्याउन सफल भएका छन्। 

असार १० गतेको समय अवधि भित्रै मोरङका सवै स्थानीय तहहरूले नीति, कार्यक्रम र बजेट ल्याएका हुन्। कतिपय स्थानीय तहले असार १० अगावै नीति तथा कार्यक्रम र बजेट नगर तथा गाउँ सभामा पेश गरिसकेका थिए। 

मोरङमा विराटनगर महानगरपालिकाले सवैभन्दा बढी ४ अर्व १० करोड र ग्रामथान गाउँपालिकाले सवैभन्दा कम ४४ करोडको बजेट ल्याएको छ। 

कुन स्थानीय तहले कति बजेट ल्याए

मोरङको विराटनगर महानगरपालिकाले ४ अर्व १० करोड ३ लाख ३८ हजार, सुन्दरहरैचा नगरपालिकाले २ अर्व १५ करोड १२ लाख ७ हजार १ सय, बेलबारी नगरपालिकाले १ अर्व ३५ करोड ७० लाख ४६ हजार बजेट ल्याएको छ।

यस्तै पथरीशनिश्चरे नगरपालिकाले ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४, लेटाङ नगरपालिकाले ९० करोड ८६ लाख २७ हजार, उर्लाबारीले ८५ करोड ७४ लाख, ३४ हजार ६ सय ८०, रंगेली नगरपालिकाले ७१ करोड ७८ लाख ४५ हजार ९२२,  रतुवामाई नगरपालिकाले ६७ करोड ४५ लाख ५२ हजार ९१०, सुनबर्षीले ५८ करोड ५३ लाख ७३ हजार १३० को बजेट पेश गरेका छन्। 

त्यसैगरि केराबारी गाउँपालिकाले ८० करोड ८९ लाख ६४ हजार, कानेपोखरीले ७६ करोड ९७ लाख ३० हजार ३४१, मिक्लाजुङ गाउँपालिकाले ७० करोड ७१ लाख ८० हजार, बुढीगंगाले ५६ करोड ३२ लाख १९ हजार ४८०, धनपालथान गाउँपालिकाले ४८ करोड १५ लाख १२ हजार ७९०, जहदाले ४७ करोड ७५ लाख १० हजार, कटहरीले ४४ करोड ९९ लाख ३२ हजार ६ सय, ग्रामथानले ४४ करोड २ लाख ५८ हजार ४४० बराबारको बजेट ल्याएका छन्।

प्रकाशित: Jun 25, 2021| 02:28 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।