आइतबार, भदौ ७, २०८३

आज कुन-कुन क्षेत्रमा छ भारी वर्षाको सम्भावना?

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। महाशाखाका अनुसार प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नम्बर १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्सहित भारी वर्षाको सम्भावना छ।

देशका अधिकांश स्थानमा पानी पर्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाको आग्रह छ।

प्रकाशित: Jun 25, 2021| 01:55 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।