आइतबार, भदौ ७, २०८३

कोरोनाबाट मृत्यु हुने सबैभन्दा बढी ६० वर्ष माथिका

नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ८ हजार ९१८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० वर्षभन्दा माथि उमेर समूहका रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं– नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ८ हजार ९१८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० वर्षभन्दा माथि उमेर समूहका रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

कोरोना संक्रमणका कारण ४ हजार ७६५ जना ६० वर्ष माथि उमेर समूहका मानिसको मृत्यु भएको छ। त्यस्तै ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार ७६१ जनाको मृत्यु भएको छ भने ४० देखि ४९ वर्ष उमेरका १ हजार ३१० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। 

त्यस्तै ३० देखि ३९ वर्षका ७४३, २० देखि २९ वर्षका २५७, १० देखि १९ वर्षका ४४ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै ९ वर्षसम्मका ३८ जना बालबालिकाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा पहिलोपटक २०७७ जेठ ३ गते २९ वर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। 

प्रकाशित: Jun 24, 2021| 12:52 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।