आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरधाम उपमहानगरको बजेट : तालिम, बैठक भत्ता र सवारी साधन खरिदमै केन्द्रित

जनकपुरधाम उपमहानगरको बजेट : तालिम, बैठक भत्ता र सवारी साधन खरिदमै केन्द्रित

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। जनकपुरधाम उपमहानगरको सभाकक्षमा भएको नगरसभामा उपप्रमुख रीताकुमारी मिश्रले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन्।

आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटमा उपमहानगरले चालू तर्फ ६२.२३ प्रतिशत अर्थात् ९५ करोड ७५ लाख ६१ हजार र पुँजीगत तर्फ ३७.७७ प्रतिशत अर्थात् ५८ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ। उपमहानगरले ल्याएको बजेटमा चालू खर्च बढी हुनुले विकास निर्माणका कार्यलाई वास्ता नै नगरिएको जस्तो देखिएको अर्थविदहरुको भनाइ छ।

उपमहानगरको बजेट कोरोना महामारीको त्रास कायमै रहेको समयमा स्वास्थ्य, शिक्षा तथा कृषिमा केन्द्रित हुनुको साटो तालिम, बैठक भत्ता तथा सवारी साधन खरिदमा विशेष केन्द्रित रहेको देखिन्छ।

बजेटमा आगामी आर्थिक वर्षमा सवारी साधन खरिदको लागि ३ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै सवारी साधन मर्मतका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षको बजेटमा पदाधिकारी बैठक भत्तामा १ करोड १० लाख, पदाधिकारी अन्य सुविधामा २ करोड ५० लाख रकम विनियोजन गरिएको छ। विभिन्न कार्यक्रमको शीर्षकमा समेत बजेट छुट्याइएको छ। आगामी आर्थिक वर्षका लागि युवाहरुलाई सीप विकास तालिमका लागि ९९ लाख, कार्यक्रम खर्च शीर्षकमा ५ करोड ३८ लाख ७१ हजार, सार्वजनिक सम्पत्ति मर्मतसम्भारका लागि २ करोड ५५ लाख, विद्युत संरचना निर्माणका लागि ५ करोड ६१ लाख तथा अन्य सार्वजनिक निर्माण शीर्षकमा १ करोड बजेट छुट्याइएको छ।

नगरस्तरीय पूर्वाधार योजनाका लागि ९ करोड र वडास्तरीय पूर्वाधार योजनाका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।

उपमहानगरको बजेटमा कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि आगामी आर्थिक वर्षमा छुट्याइएको बजेटबारे केही खुलाइएको छैन। त्यस्तै फोहोरमैला व्यवस्थापनको विषय बजेटमा उल्लेख नै छैन भने सो शीर्षकमा चालू आर्थिक वर्षमा कति रकम खर्च गरियो भन्ने विषयमा समेत उल्लेख गरिएको छैन।

बजेटमा ठूलो हिनामिना गर्नकै लागि यस प्रकारको बजेट ल्याइएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानीराम साहले आरोप लगाए। उनले सबै वडाहरुका लागि छुट्याइएको बजेटसमेत एकमुष्ट राखिएकोमा आपत्ति जनाए। उनले भने ‘नगरप्रमुख लालकिशोरले साह भ्रष्टाचार गर्ने उद्देश्यले स्पष्ट रुपमा बजेट विनियोजन गरेका छैनन्।’

यसअघि वडाध्यक्ष साहसहित केही कार्यपालिका सदस्यहरुको विरोधका बीच बुधबार उपमहानगरले बहुमतबाट नीति तथा कार्यक्रम पास गरेको थियो।

प्रकाशित: Jun 24, 2021| 12:40 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।