काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्पादकहरुसँगको विपक्षी गठबन्धनको छलफल महत्वपूर्ण रहेको बताएका छन्।
आज (बिहीबार) संसद् भवनमा भएको छलफलपछि ट्विट गर्दै शर्माले भनेका छन्, ‘सम्पादकहरुसँगको करिब ३ घण्टाको छलफल महत्त्वपूर्ण रह्यो। सारमा सुझाव आयो– आजको सरकार जे कारण बेठिक छ, भोलिको सरकार तिनै कारणहरुले संक्रमित बन्नुहुन्न। प्रेस सदैव लोकतन्त्रका पक्षमा छ, तर लोकतान्त्रिक चरित्रको खोजी र स्थापनाको यक्ष प्रश्न साथ।’
नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र संयुक्त जनमोर्चाका शीर्ष नेताहरुले आज सम्पादकहरुसँग छलफल गरेका थिए।