आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली भिलेन निस्के, विपक्षी गठबन्धन दीर्घकालका लागि : प्रचण्ड

ओली भिलेन निस्के, विपक्षी गठबन्धन दीर्घकालका लागि : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूभन्दा राम्रा मान्छे राजनीतिमा आए छाड्न तयार रहेको बताएका छन्।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूभन्दा राम्रा मान्छे राजनीतिमा आए छाड्न तयार रहेको बताएका छन्। विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकसँगको छलफल कार्यक्रममा उनले सत्तामा राम्रा मानिस नभएकै कारण देश उँभो लाग्न नसकेको स्वीकार गरे।  

प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक चरित्रका कारण लोकतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउने वातावरण बनेको भन्दै उनले यसका लागि ओलीलाई धन्यवाद दिनुपर्ने बताए।

कार्यक्रममा उनले ओलीको चरित्र असाध्यै डरलाग्दो रहेको टिप्पणी गरे। आफूलाई अप्ठ्यारो परे जे पनि गर्न तयार हुने र बोल्न पछि नपर्ने चरित्र ओलीको रहेको उनको भनाइ थियो। केही दिनअघि ओलीले आफूलाई फोन गरेर वामपन्थी सिध्याउन हिँडेको आरोप लगाएको उनले स्मरण गरे।

‘उहाँले मलाई फोन गरेर कांग्रेससँग मिलेर मेरो सरकार ढाल्ने र वामपन्थी सिध्याउने दिशामा तपाईं हिँड्नुभयो होइन भनेर पो सोध्नुभयो। मैले उहाँलाई तपाईंभन्दा कांग्रेस धेरै प्रगतिशील छ। तपाईं त संविधान नै सिध्याउने बाटोमा हुनुहुन्छ भनेँ,’ प्रचण्डले सुनाए।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई ‘भिलेन’को संज्ञा दिए। उनले प्रतिनिधिसभा विघटन गरेको र एकपछि अर्को असंवैधानिक कदम चालेकोमा प्रधानमन्त्रीको आलोचना गरेका थिए।

विपक्षी गठबन्धन अवसरवादी गठबन्धन नभएको तर्क उनले गरे। पाँच दलीय गठबन्धन दीर्घकालसम्म रहने उनले बताए। उनले भने, ‘यो गठबन्धन प्रधानमन्त्री फेर्नको लागि मात्र सम्झौता होइन। यो लोकतन्त्र र संविधान रक्षाको लागि भएको हो।’ उनले आफूहरू कुनै सेटिङमा नलागेको बरू सेटिङ भएका छन् भने त्यो तोड्ने बताए।

प्रकाशित: Jun 24, 2021| 11:12 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।