काठमाडौं- चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
बिहीबार भरतपुर महानरगपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालालई २ करोड रुपैयाँ विनियोजन गरिएको जनाइएको छ।
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।