आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी

संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी

लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महिला आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। 
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं-  राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेकी छन्। बिहीबार राष्ट्रपति भण्डारीले आयोगहरूमा २० पदाधिकारी नियुक्त गरेकी हुन्। 

लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महिला आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। 

लोक सेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् ।वैशाख २७ गते संवैधानिक परिषद्ले सिफारिस गरेका २० पदाधिकारीलाई 
नियुक्त गरिएको हो। 

उनीहरू संसदीय सुनुवाइ बिना नै नियुक्त भएका हुन्। सिफारिस भएको ४५ दिनसम्म पनि संसदीय सुनुवाई हुन नसके ४५ दिनपछि स्वतः नियुक्त गर्न सकिने कानुनी व्यवस्था छ। राष्ट्रपतिले जेठ ७ गते संसद् विघटन गरेकाले उनीहरूको संसदीय सुनुवाई हुन नसकेको हो। 

प्रकाशित: Jun 24, 2021| 10:22 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।