काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
गिरीको शैक्षिक योग्यताका विषयमा प्रश्न उठ्दै आएपछि शशी विक्रम कार्की र आशिष राईले उक्त विषयमा छानबिन गर्न माग गर्दै अख्तियरमा उजुरी हालेका हुन्।
उजुरी निवेदनअनुसार डा. गिरीले कुनै विश्वविद्यालयबाट वैध रुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको तथा सोही हैसियतले प्रतिष्ठानको उपकुलपति भएको विषय बाहिर आइरहेको छ।
त्यसैले उनको योग्यतासम्बन्धी सबै कागजातहरुको विस्तृत अध्ययन गरी दोषी पाइएमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ।
