सोमबार, असार २९, २०८३

विश्वकपमा स्वीडेनको विजयी सुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस- स्वीडेनले रुसमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा दक्षिण कोरियालाई १-० गोलले हराउँदै स्वीडेनले विजयी सुरुवात गरेकाे हो ।

नोवगोरोड़ स्टेडियममा भएको खेलमा स्वीडेनले पेनाल्टीमा गोल गर्दै जित निकालेको हो । स्वीडेनका एन्डे्रस ग्रान्कभिस्टले ६५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

दक्षिण कोरियाका किम मिन वुले स्वीडेनका भिक्टरलाई पेनाल्टी बक्समा लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा रेफ्रीले स्वीडेनलाई पेनाल्टी दिएको थियाे । जसमा ग्रान्कभिस्टले सहजै गोल गरे ।

खेलमा सर्वाधिक ४३ फल गरेका छन् । जसमा स्वीडेनले २० र दक्षिण कोरियाले २३ फल गरेको छ । कुल तीन पहँलो कार्ड दिइएको खेलमा दक्षिण कोरियाले दुर्इ र स्वीडेनले एक पाएको हो ।

योसंगै स्वीडेनले समूह एफबाट ३ अंक जोडेको छ  । यो समूहमा मेक्सिकोले पनि ३ अंक जोडेको छ । मेक्सिकोले जर्मनीलाई १-० ले स्तब्ध बनाएको थियाे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।