काठमाडौं– विपक्षी गठबन्धन आवद्ध राजनीतिक दलका विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला असंवैधानिक कदमविरुद्ध बिहीबार प्रदर्शन गरेका छन्।
नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंमा आबद्ध विद्यार्थीहरुले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन्। शैभर सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गर्ने विद्यार्थीसंगठनहरुको कार्यक्रम छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको विपक्षी गठबन्धनको बैठकले पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको थियो।

