आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली र राजावादी एक ठाउँमा उभिएर संविधान विरोधी षड्यन्त्र गरे : राजमो नेता भट्ट

ओली र राजावादी एक ठाउँमा उभिएर संविधान विरोधी षड्यन्त्र गरे : राजमो नेता भट्ट

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रधानमन्त्री केपी ओली र राजावादीहरू अहिले एक ठाउँमा उभिएको बताएका छन्।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रधानमन्त्री केपी ओली र राजावादीहरू अहिले एक ठाउँमा उभिएको बताएका छन्। उनले दुवै प्रतिगामी शक्तिहरू एक ठाउँमा उभिएर संविधान विरोधी षड्यन्त्रसमेत गरिरहेको दाबी गरेका छन्।

विपक्षी गठबन्धनले सम्पादकहरूसँग गरेको छलफल कार्यक्रममा भट्टले यो षड्यन्त्रका विरुद्ध विपक्षी दलहरू एक ठाउँमा उभिनुको विकल्प नभएको भन्दै अब एक ठाउँमा उभिन थालिसकेकोसमते बताए। उनले भने, ‘अहिले हामी प्रतिगमनमा फसिसक्यौं। त्यसैले अब सबै आन्दोनकारी शक्ति एक ठाउँमा उभिनुको विकल्प छैन। हामी उभिन थालेका छौं, प्रतिगमन ढल्छ नै।’

भट्टले गत वर्ष कात्तिक महिनामा भारतीय खुफिया एजेन्सी रअका प्रमुख नेपाल आएपछि देखि नै नेपालमा गम्भीर घटनाहरू भइरहेको बताएका छन्। साथै उनले भारतीयहरूले नेपालमा ‘मिलेर सरकार’ चलाउने सन्दर्भमा दिएका अभिव्यक्तिले नै शंका गर्नुपर्ने थुप्रै ठाउँ रहेको बताए।

उनले भने, ‘गत साल कात्तिकमा भारतीय खुफियाका मान्छे आएपछि यहाँ गम्भीर घटना देखा परे। दुई तिहाइको सरकार खत्तम हुने, ठूलो दल टुक्रिने अवस्था आउनु समान्य घटना होइन। कतिपय भारतीयहरूले नै खुलम् खुला भनेकै छन्, यहाँ मिलेर सरकार चलाउने भनेर।’

उनले अहिले ओलीले प्रधानमन्त्रीका रुपमा जे गरिरहेका छन् त्यो सफल नहुने ठोकुवासमेत गरे।

प्रकाशित: Jun 24, 2021| 09:17 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।