काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली जनआन्दोलनका शक्तिलाई निस्तेज पार्न अघि बढेको बताएका छन्।
विपक्षी गठबन्धनले राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन्।
ओलीले संविधानविरोधी, जनविरोधी काम गरेपनि उनी नै प्रधानमन्त्री रहिरहनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
'केपी ओलीबाट जनआनन्दोलनका शक्तिलाई निस्तेज पार्ने र संविधान विरोधी काम भयो। विचित्र के भयो भने, संविधान उल्लंघन गर्ने व्यक्ति प्रधानमन्त्री रहिरहेको छ,' उनले भने।
ओलीको कदम निरंकुशताको शृंखला भएको उनको भनाइ थियो। राजा त्रिभुवन, महेन्द्रदेखि ज्ञानेन्द्रसम्मले संविधान विरोधी काम गरेकोमा ओलीले पनि त्यही दोहोर्याएको उनको भनाइ छ।