आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विवेकशील साझाले भन्यो- जातीय विभेद संरक्षण गर्ने शिक्षामन्त्री पदमा बस्न अयोग्य

विवेकशील साझाले भन्यो- जातीय विभेद संरक्षण गर्ने शिक्षामन्त्री पदमा बस्न अयोग्य

विवेकशील साझा पार्टीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेको छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं– विवेकशील साझा पार्टीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेको छ। जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई जमानतमा छुटाउन मन्त्री श्रेष्ठ आफैं झन्डावाल गाडी लिएर प्रहरी कार्यालयमा पुगको घटनाप्रति आपत्ति जनाउँदै विवेकशील साझाले उनको राजीनामा मागेको हो।

पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘संघीय सरकारका मन्त्री प्रहरी कार्यालय गएको र जसका कारण अनुसन्धान नै प्रभावित भएको भनी सार्वजनिक विवरणप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’ आरोपित व्यक्तिले जातीय विभेद गरेनगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन नसक्ने उक्त पार्टीको ठहर छ। 

जातको कारण देखाएर रूपा सुनारलाई आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी प्रहरी हिरासतबाट बुधबार रिहा भएकी थिइन्। उनलाई रिहा गर्न शिक्षामन्त्री श्रेष्ठ आफैं झन्डावाल गाडी लिएर प्रहरी कार्यालयमा पुगेका थिए। 

विवेकशील साझाले भनेको छ, ‘कानुनतः दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको भनिएको सो घटनाको गाम्भीर्यता मनन गर्न नसक्ने र राज्यशक्तिको दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसकेका छन्।’ 

काठमाडौंमा घरभाडामा लिनेदिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको उक्त जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन विवेकशील साझा पार्टीले सरकारसँग माग गरेको छ।  विज्ञप्तिमा भनिएको छ, ‘सरकारसँग जोडदार माग गर्दछ। कानुनी राज्यमा निर्दोषले दण्डित हुनु हुँदैन, विभेद गरेको ठहरिए कसैगरी उन्मुक्ति पाउनु हुँदैन।’

जातको कारण देखाएर रूपा सुनारलाई आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी प्रहरी हिरासतबाट बुधबार रिहा भएकी थिइन्। उनलाई रिहा गर्न शिक्षामन्त्री श्रेष्ठ आफैं झन्डावाल गाडी लिएर प्रहरी कार्यालयमा पुगेका थिए। 

प्रकाशित: Jun 24, 2021| 08:19 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।