आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिसँग ओलीलाई नै निरन्तरता दिने कुनै आधार छैन : वरिष्ठ अधिवक्ता हरिहर दाहाल

राष्ट्रपतिसँग ओलीलाई नै निरन्तरता दिने कुनै आधार छैन : वरिष्ठ अधिवक्ता हरिहर दाहाल

नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष एवं बरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपतिले बहुमत सांसद्को हस्ताक्षरको कदर गर्नुपर्ने बताएका छन्।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष एवं बरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपतिले बहुमत सांसद्को हस्ताक्षरको कदर गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस गर्दै उनले यस्तो बताएका हुन्। ‘बहुमत सदस्यसहित देउबाले प्रधानमन्त्रीमा दाबी गरे पनि ओलिलाई नै निरन्तरता दिने मनसायले रास्ट्रपतिले दोहोरो दाबी परेको बताइन्,’उनले भने,‘संसदमा बहुमत र बिश्वासको मत गुमाएको प्रधानमन्त्रीले कसरी दाबी गर्न सक्छ यसको आधार के हो?’

उनले संविधानको धारा ७६ उपधारा ५ मा दलको ह्वीप समेत नलाग्ने प्रष्ट पारे। ‘रास्ट्रपतिले बहुमत सांसद्को हस्ताक्षरको कदर गर्नुपर्छ,’उनले भने,‘दोहोरो दाबी परेको छ भन्न मिल्दैन यो संविधान बिपरित हो।’

उपधारा ५ बमोजिम केपीशर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने भन्दै उनले रास्ट्रपतिसँग ओलीलाई निरन्तरता दिने कुनै आधार नै नभएको बताए।

प्रकाशित: Jun 24, 2021| 07:40 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।