आइतबार, भदौ ७, २०८३

कोरोना संक्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु

कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ।  
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

पाँचथर- कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ।  बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज दुई व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको परिवारजनले जनाएका छन्। आज बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृत्यु भएको हो। 

केही दिनअघि कोरोनाभाइरस सङ्क्रमण भएकी ती महिलाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आज मृत्यु भएको हो। यस्तै गत जेठ १७ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत फिदिमका ५० वर्षीय व्यवसायीको समेत आज बिहान मृत्यु भएको छ। 

श्वासप्रश्वासमा समस्या रहेका उनको भेण्टिलेटरमा राखी उपचार भइरहेकामा आज उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन्। रासस

प्रकाशित: Jun 24, 2021| 06:56 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।