आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिबाट कार्यकारी राजाभन्दा बढी अधिकार प्रयोग गर्न खोजियाे : रमन श्रेष्ठ

राष्ट्रपतिबाट कार्यकारी राजाभन्दा बढी अधिकार प्रयोग गर्न खोजियाे : रमन श्रेष्ठ

वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले राष्ट्रपतिले कार्यकारी राजाभन्दा बढी अधिकार प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन्। 
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले राष्ट्रपतिले कार्यकारी राजाभन्दा बढी अधिकार प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा बहस गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

‘बेथितिबारे सबै बोल्नुपर्छ। स्वेच्छाचारी भावना पालेर बसेकाहरुलाई संविधानको मूल मर्म भावनाअनुसार चल्न सिकाउनुपर्छ’, उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारी राजाले भन्दा बढी अधिकार प्रयाेग गर्न खोजिन्।’ उनले संविधानको धारा ७६ उपधारा ५ बारे अदालतमा प्रश्न उठाउन पाउने राष्ट्रपतिबारेमा नपाउने हो र? भन्दै प्रश्न गरे।

वरिष्ठ अधिवक्ता श्रेष्ठले राष्ट्रपतिले संविधान मिचेर काम गरेको आरोप लगाएका छन्। उनले भने, ‘हामीले कस्तो राष्ट्रपति पायौं। पहिलो महिला राष्ट्रपति त पायौं तर सर्वसत्तावादी पायौं। राष्ट्रपतिले संसद्मा विश्वास गुमाएको अमुक व्यक्तिलाई पदमा थमाइरहन खोजेको उनको भनाइ छ। उनले राष्ट्रपतिले मानसम्मान मर्यादाको ख्याल राख्नु पर्दैन भन्दै प्रश्न गरे।

‘भारतमा पनि संसद विघटन गर्दा सभामुखको परामर्श लिनुपर्ने व्यवस्था छ। नेपालमा विश्वास गुमाएको प्रधानमन्त्रीले पटकपटक संसद विघटन गरेका छन,’ उनले भने,‘ राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर सदन बोलाउनुपर्छ।’

‘के हामीले श्री ५ भन्दा ठूलो महाराजा खडा गरेका हौं,’ उनले भने। उनले संविधानको धारा ७६ को उपधारा ५ संसद जोगाउने अन्तिम विकल्प भएको बताए।

‘संविधानको धारा ७६ को उपधारा ५ ब्रहमास्त्र हो । यो संसद जोगाउने अन्तिम बिकल्प हो,’उनले भने। 

श्रेष्ठले रिट निवेदक शेरबहादुर देउवासमेतको तर्फबाट बहस गरिरहेका छन्। बुधबार देखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ सुरु भएको हो।

प्रकाशित: Jun 24, 2021| 06:47 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।