आइतबार, भदौ ७, २०८३

विपक्षी गठबन्धन सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

विपक्षी गठबन्धनका शीर्ष नेताहरूले सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- विपक्षी गठबन्धनका शीर्ष नेताहरूले सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले बिहीबार   दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सम्पादकहरूसँग अन्तरक्रिया गर्ने जनाएका हुन्।

उनीहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकसँग अन्तर्क्रिया गर्न लागेका हुन्। कांग्रेस सभापति देउवा निवासमा बुधबार साँझ बसेको पाँच दलीय गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवीलगायतसँग अन्तरक्रिया गर्ने निर्णय गरेको थियो।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सम्पादकहरूसँगको अन्तरक्रियामा सहभागी हुने छन्।

प्रकाशित: Jun 24, 2021| 06:13 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।